नेकपा माओवादी अनुशासन आयोगका अध्यक्ष राईमाथि दुव्र्यवहारको भत्र्सना

  • प्रकाशित मितिः जेठ १२, २०७९
  • 992 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ १२–नेकपा माओवादी केन्द्र अनुशासन आयोगका अध्यक्ष टंक राईमाथि दुव्र्यहार गरेकोप्रति वाम लोकतान्त्रिक गठबन्धनले भत्सर्ना गरेको छ । गठबन्धनले जेठ १२ गते विज्ञप्ती जारी गरी दोषीमाथि कारबाहीको माग समेत गरेको छ ।
विज्ञप्तीमा भनिएको छ–‘नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा पूर्व सांसद टंक राई माथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १२ जालपामा मिति २०७९ जेष्ठ ११ गते राती केही अराजक उछृङ्खल व्यक्तिद्वारा गाली वेइजत गर्ने, साङ्घातिक आक्रमण गर्ने निन्दनीय कार्य भएकोप्रति हामी घटनाको घोर भत्र्सना एबम् निन्दा गर्दछौं । कानुन हातमा लिएर भौतिक आक्रमण गर्ने, धाक धम्की दिने र त्रासदीपूर्ण गतिविधि गरिनु अशोभनीय र अक्षम्य कार्य हो यस घट्नाको सत्यतथ्य पत्ता लगाइ दोषीमाथि कडा कारबाही गर्ने प्रशासन समक्ष जोडदार माग गर्दछौं ।’
विज्ञप्तीमा कांग्रेस जिल्ला सभापति विष्णुकुमार राई, माओवादी केन्द्र जिल्ला संयोजक दिपक पाण्डे, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष जलसेर राई र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष टंकबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित