नेकपा माओवादी केन्द्रका नेता टंक राईमाथि दुव्र्यवहार

  • प्रकाशित मितिः जेठ 12, 2079
  • 248 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १२–नेकपा माओवादी नेता अनुशासन आयोगका अध्यक्ष टंक राईमाथि दुव्र्यवहार भएको छ । राईलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका पूर्ण राईले गाली गलौज गर्दै कठालोमा समातेका हुन् ।
६० वर्षको उमेर आफूमाथि दुव्र्यवहार भएकोप्रति राईले दुःख व्यक्त गरेका छन् । ‘यो उमेरसम्म कसैले औलासम्म ठड्याएको थिएन ।’– राईले भने– ‘६० वर्षको उमेरमा मैले दुव्र्यवहार खेप्नु प¥यो ।’ दुव्र्यवहार गर्ने पूर्ण राई पनि घाइते भएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए । स्थानीय जनसेवा सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि दिक्तेल अस्पताल ल्याइदै गरेको डिएस्पी लम्सालले बताए । खास घटना कसरी घटेको हो भन्ने अनुसन्धान भइरहेको लम्सालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस


सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित