प्रक्रिया नपुगेको जडिबुटी, ट्रक र चालक नियन्त्रणमा

  • प्रकाशित मितिः जेठ १०, २०७९
  • 412 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १०–प्रक्रिया नपु¥याई निकासी गर्दै गरेको जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिकाको हलेसीबाट नियन्त्रणमा लिएको हो ।
बागमती प्रदेश ०१००६ ख ३३४७ नम्बरको ट्रकमा राखेर अन्यत्र लैजा“दै गरेको जडिबुटी नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए । उनका अनुसार हलेसीस्थित ट्राफिक चोकमा खटिएको प्रहरीको टोलीले जेठ ८ गते सवारी साधन चेकजा“च गर्ने क्रममा प्रक्रिया नपुगेको जडिबुटी फेला परेको हो । प्रहरीले जडिबुटी, ट्रक चालक, सामानको मालिक र ट्रकलाई समेत नियन्त्रणमा लिएर कारबाहीका लागि जेठ ९ गते डिभिजन वन कार्यालयलाई जिम्मा लगाएको डिएस्पी लम्सालले बताए । कागजपत्र नमिलेको र शंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको डिएस्पी लम्सालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित