पेट्रोलियम पदार्थको मुल्यबृद्धिको विरोधमा प्रदर्शन

  • प्रकाशित मितिः जेठ 10, 2079
  • 244 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ १०–पेट्रोलियम पदार्थको मृल्य बृद्धि रोक्न माग गर्दै एमाले निकट युवा संघ र अनेरास्ववियुले दिक्तेलबजारमा विरोध प्रदर्शन गरेको छ । सरकारले पटक–पटक मुल्य बृद्धि गरेर जनतालाई आर्थिक भार थपेको भन्दै जेठ १० गते प्रदर्शन गरेको हो ।
पुष्पलाल स्मृति भवनबाट निस्किएको जुलुस दिक्तेलको त्रिवेणीचौक पुगेर कोणसभामा बोल्दै अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य ओमप्रकाश घिमिरे, पूर्व केन्द्रीय सदस्य दिपक ठटालले सरकारको कडा आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस


सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित