मुलुकी ऐन १९१० र जङ्गबहादुरको तस्बिर जलाइयो

  • प्रकाशित मितिः जेठ १०, २०७९
  • 1569 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ १०–रुकुम पश्चिमका नवराज विश्वकर्मा सहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दैे विरोध प्रदर्शन गरिएको छ । संयुक्त संघर्ष समिति खोटाङले जेठ १० गते दिक्तेलको त्रीवेणी चौकमा विरोध प्रदर्शन गरेको हो ।
आन्दोलनकारीहरुले मुलुकी ऐन १९१० र जंगबहादुर राणाको तस्विर समेत जलाएका छन् । मुलुकी ऐन १९१० कै आधारमा पीडितले न्याय नपाएको भन्दै जंगबहादर राणाको तस्विर समेत जलाएका हुन् । ‘१९१० मा जङ्गबहादुर राणाले जारी गरेको मुलुकी ऐनकै आधारमा दलितहरुलाई राज्य सत्ताले दमन गरिरहेकाले जङ्गबहादुर र मुलुकी ऐन १९१० जलाइएको हो ।’ संयुक्त संघर्ष समिति खोटाङका अध्यक्ष दिपक ठटालले भने–‘अझै पनि दलितहरुलाई दमन गरिरहन्छ भने अझै सशक्त रुपमा आन्दोलन गर्छौं ।’
ठटालले रुकुम घटनाजस्तो जघन्य अपराधमा संलग्नलाई कारबाही र पीडितका परिवारलाई न्याय नदिए चरणबद्ध रुपमा आन्दोलित हुने समेत उद्घोष गरेका छन् । जात व्यवस्था विरुद्धको विद्रोह दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा जिल्लाका दलित अधिकारकर्मीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित