सविना अछामे–
खोटाङ, जेठ १०–तीन महिला हत्यामा संलग्न दोषी पत्ता लगाई कारबाहीको माग गर्दै जिल्लास्थित युवाहरुले जेठ १० गते ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
२०७३ साल माघ २६ गते विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउ“पालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रीता तामाङ, २०७४ साल जेष्ठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ मादेवस्थानकी ५७ वर्षिया ज्ञानीमाया विश्वकर्मा र २०७४ साउन ४ गते हत्या भएको जन्तेढुङ्गा गाउ“पालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यामा संलग्न दोषी अझै पत्ता नलगाइएकाले त्यसप्रति ध्यानाकर्षण गराएका हुन् ।
ध्यानाकर्षण पत्रमा अराजकता मौलाउ“दै गएको, महिलाहरु दिन–दिनै असुरक्षित हुनु परेको, बलात्कार, हत्या लगायतका घटनाहरु बढिरहेकाले ध्यानाकर्षण बुझाइएको अनुश्का बस्नेतले बताइन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित