नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १०–हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईले चाम्लिङ भाषामा शपथ ग्रहण गराउन अस्वीकार गरेको जनप्रतिनिधिहरुले गुनासो गरेका छन् । उक्त नगरपालिकाका वडाअध्यक्ष, महिला सदस्य तथा खुला सदस्यहरुले चाम्लिङ भाषामा शपथ तयार गरे पनि त्यसलाई अस्वीकार गरेकी गुनासो गरेका हुन् ।
स्थानीय तह निर्वाचन नियमावली २०७३, अनुसूची २१ क (नियम ३८ क को उपनियम (५) संग सम्वन्धित) अनुसार जेठ ९ गते चाम्लिङ राई भाषामा शपथ तयार गरी बुझाउ“दा सल्लाह गर्नु पर्छ भन्दै अस्वीकार गरेको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमकी महिला सदस्य गमिता राईले बताइन् ।
उनका अनुसार वडा नं–६ मङ्गलटारका वडाअध्यक्ष गन राई, वडा सदस्य टंककुमार राई, वडा नं ७ हलेसीका वडा सदस्य दीक्षा राई, महिला सदस्य दलिमाया“ राई, वडा नं ९ सल्लेका वडाअध्यक्ष कासीराज राई, महिला सदस्य जुना राई, वडा सदस्य दिनेश राई र वडा नं ८ धितुङका महिला सदस्य कल्पना राईले चाम्लिङ भाषामा सपथमा हस्ताक्षर गरेर बुझाएको तर अस्वीकार गरेको राईले सुनाइन् । नगरप्रमुखले चाम्लिङ भाषाको शपथ लिन अस्वीकार गरेपछि उक्त शपथ आफूसंगै रहेको राईले सुनाइन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १६–केपिला... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १४–यो वर्ष... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १३–दिक्ते... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १२–जन्तेढ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ११–खोटेहा... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित