सविना अछामे–
खोटाङ, जेठ ९–लोपोन्मुख माझी समुदायका दुई जना निर्वाचित भएका छन् । रावाबेसी गाउ“पालिका–३ लामीडाडा“का वडा सदस्यमा रभुवाका सोमबहादुर माझी र हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेका वडा सदस्यमा वीरबहादुर माझी निर्वाचित भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्रकुमार राईका अनुसार वीरबहादुर माझी एमालेबाट विजयी भएका हुन् । उनले चार सय २३ मत ल्याएर विजयी भएका हुन् । उक्त वडाकै वडा सदस्यमै कांग्रेसबाट उम्मेद्वारी दिएका देखबहादुर माझी भने पराजित भएका छन् । उने चार सय आठ मत ल्याएका छन् ।
त्यस्तै सोमबहादुर माझीले सात सय दुई मत ल्याएर विजयी भएका हुन् । उनी कांग्रेसबाट विजयी भएका हुन् । उक्त वडाबाटै एमालेको तर्फबाट वडा सदस्यमा उम्मेद्वारी दिएका रुद्रबहादुर माझी भने पराजित भएका छन् । उनले छ सय ३३ मत ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १६–केपिला... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १४–यो वर्ष... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १३–दिक्ते... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार १२–जन्तेढ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ११–खोटेहा... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित