यौन हिंसा विरुद्ध युवाहरुको प्रदर्शन

  • प्रकाशित मितिः जेठ ८, २०७९
  • 1105 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ ८–सुस्मिता रेग्मीमाथिको यौन हिंसामा संलग्नलाई कारवाहीको माग गर्दै दिक्तेलमा विरोध प्रदर्शन गरिएको छ । ८ वर्षसम्म लगातार यौन हिंसाको शिकार भएकी रेग्मीलाई न्याय दिलाउन कानुन संसोधनको समेत माग गरेका छन् ।
जिल्लास्थित युवाहरुले दिक्तेलको त्रिवेणी चौकमा जेठ ८ गते आयोजना गरेको कोणसभामा कृष्णा आचार्य, विष्णु उपरकोटी, राधा भट्टराई, घनश्याम ढकाल, रविना मोते लगायतले यौन हिंसा अन्त्य, कानुन संशोधन लगायतको माग गरेका हुन् ।
कानुन संशोधन र मुलुकमा यौन हिंसा अन्त्य नभइन्जेलसम्म सचेत नागरिक तथा युवाहरुको आन्दोलन बुलन्द रहने उनीहरुले बताएका छन् । युवा नेतृ अनिषा रम्तेलको नेतृत्वमा नारा जुलुस सहित कोण सभा भएको थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित