दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन विजयी

  • प्रकाशित मितिः जेठ ४, २०७९
  • 487 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ ४–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनको जित भएको छ । नगरप्रमुखमा गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएका कांग्रेसका तीर्थराज भट्टराई र उपमेयरमा माओवादीका विशन राईको विजयी भएका हुन् ।
भट्टराईले ११ हजार तीन सय ८९ मत र राईले दश हजार चार सय ३८मत ल्याएर विजयी भएका हुन् । भट्टराईका प्रतिद्वन्दी एमालेका कुमार आचार्यले छ हजार नौ सय ९६ मत ल्याएका छन् । उपमेयरमा एमालेकी विणोदवी राईले सात हजार तीन सय १९ मत ल्याइन् । विणादेवीले अघिल्लो स्थानीयको निर्वाचनमा पनि उपमेयरमा जितेकी थिइन् ।
मेयरमा राप्रपाका जीवनकुमार श्रेष्ठले चार सय पा“च मत र उपमेयर राप्रपाकी चन्द्रकुमारी राईले पा“च सय ६६ मत ल्याइन् ।
नगरका वडाहरुमा माओवादी केन्द्र बढी वडामा जितेको छ । वडा नं २ सोल्मा, ४ खाल्ले, ६ नेर्पा, ९ निर्मलीडाडा“, ११ खार्मी, १२ जालपा र १३ नुनथलामा माओवादीले प्यानलै जितेको छ । कांग्रेसले वडा नं १ दिक्तेल, ५ लफ्याङ, ७ दोर्पाचिउरीडाडा“ र १५ विजयखर्क तथा एमालेले वडा नं ३ बाम्राङ, ८ बुवालुङ र १४ बुइपामा प्यानलै जितेको छ । वडा नं १० पाथेकामा माओवादी र जनता समाजवादीको गठबन्धनमा जनता समाजवादीले अध्यक्ष जितेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित