दिप्रुङ चुइचुम्मा गाउ“पालिका अध्यक्ष उपाध्यक्षमा एमाले प्यानल विजयी

  • प्रकाशित मितिः जेठ 3, 2079
  • 135 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ३–दिप्रुङ चुइचुम्मा गाउ“पालिका अध्यक्ष उपाध्यक्षमा एमाले प्यानलै विजयी भएका छन् । अध्यक्षमा लोकेन्द्र राई र उपाध्यक्षमा अरुणा थापा विजयी भएका हुन् ।
राईले दुई हजार आठ सय तीन मत ल्याए भने दुई हजार सात सय ३३ मत ल्याइन् । राईका उनका निकटतम् प्रतिद्वन्दी कांग्रेसका नइन्द्र राईले दुई हजार एक सय ६२ मत ल्याएर पराजय ब्यहोरेका छन् । माओवादी केन्द्रका गोपालचन्द्र राईले दुई हजार ९३ मत ल्याएका छन् ।
थापाको निकटतम् प्रतिद्वन्दी कांग्रेसकी रमा कट्वालले दुई हजार तीन सय १२ मत ल्याइन् । माओवादी केन्द्रकी नैनकुमारी खत्रीले एक हजार सात सय छ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस


सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित