खोटेहाङ गाउ“पालिका अध्यक्षमा माओवादीका उदीमबहादुर राई, उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी

  • प्रकाशित मितिः जेठ ३, २०७९
  • 793 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ ३–खोटेहाङ गाउ“पालिका अध्यक्षमा माओवादी केन्द्रका उदीमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भएका छन् । उदीमबहादुरले तीन हजार सात सय २८ मत र रुपेशले तीन हजार सात सय ६३ मत ल्याएर विजयी बनेका हुन् ।
उदीमबहादुरका राईका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी कविता राईले तीन हजार छ सय ९० मत ल्याएर हार खेपेकी छन् ।
उपाध्यक्षमा विजयी राईले तीन हजार सात सय ६३ मत ल्याएर विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका राजनकुमार बन्जराले तीन हजार तीन सय १० मत ल्याएका छन् । उक्त पालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित