साकेला गाउ“पालिका अध्यक्षमा कांग्रेसका रविप्रकाश राई, उपाध्यक्षमा माओवादीकी विर्सिका राई विजयी

  • प्रकाशित मितिः जेठ २, २०७९
  • 613 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ २–साकेला गाउ“पालिका अध्यक्षमा कांग्रेसका रविप्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी विर्सिका राई विजयी भएका छन् । रविप्रकाशले एक हजार आठ सय ५० र विर्सिकाले दुई हजार १२ मत ल्याएर विजयी भएका हुन् ।
रविप्रकाशका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका अर्जुनकुमार खड्काले एक हजार सात सय ७२ मत ल्याएर पराजय भएका हुन् । एमालेका गोपीकृष्ण खड्काले नौ सय ६७ मत ल्याएका छन् ।
उपाध्यक्षमा विजयी राईकी निकटतम् प्रतिद्वन्दी कांग्रेसकी सरिता खड्काले एक हजार २४ मत र एमालेकी दिलकुमारी राईले नौ सय ८६ मत ल्याएकी छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित