दिक्तेल रुपाकोट मझुवागढीको तीन वडामा माओवादीको नेतृत्व

  • प्रकाशित मितिः जेठ २, २०७९
  • 824 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, जेठ २–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको तीन वटा वडामा नेकपा माओवादीले विजय हासिल गरेको छ ।
माओवादीको तर्फबाट वडा नं २ सोल्माको अध्यक्षमा छ सय ७८ मत ल्याएर ध्रुबविक्रम राई विजयी भएका छन् । वडा नं ४ खाल्लेको वडाअध्यक्षमा चार सय ७९ मत ल्याएर खगेन्द्र राई विजयी भएका हुन् । वडा नं ६ नेर्पाको वडाअध्यक्षमा माधव राईले छ सय एक मत ल्याएर विजयी भएका हुन् ।
वडा नं १ दिक्तेलको वडाअध्यक्षमा कांग्रेसका नवराज राई, वडा नं ३ बाम्राङमा एमालेका महेन्द्र राई र वडा नं ५ लफ्याङको वडाअध्यक्षमा कांग्रेसका दिनेश घिमिरे विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित