दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनको अग्रता

  • प्रकाशित मितिः जेठ १, २०७९
  • 1435 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वाम–लोकतान्त्रिक गठबन्धनले अग्रता कायम राखेको छ । गठबन्धनको तर्फबाट प्रमुखमा उम्मेद्वारी दिएका कांग्रेसका तीर्थराज भट्टराईले दुई हजार छ सय ३४ र उपप्रमुखमा उम्मेद्वारी दिएका माओवादी केन्द्रका विसन राईले दुई हजार चार सय ७८ मत ल्याएर अग्रता कायम गरेका हुन् । प्रमुखमा उम्मेद्वारी दिएका कुमार आचार्यले एक हजार सात सय दुई मत र उपप्रमुखमा उम्मेद्वारी दिएकी विणादेवी राईले एक हजार सात सय १४ मत ल्याएकी छन् ।
उक्त नगरमा वडा नं १ दिक्तेलको वडा अध्यक्षमा कांग्रेसका नवराज राई, वडा नं २ सोल्माको वडाअध्यक्षमा माओवादी केन्द्रका ध्रवविक्रम राई र वडा नं ३ बाम्राङको वडाअध्यक्षमा एमालेका महेन्द्र राई विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित