दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा गठबन्धनको प्यानल विजयी

  • प्रकाशित मितिः जेठ १, २०७९
  • 757 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, जेठ १–दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा वाम–लोकतान्त्रिक गठबन्धनका प्यानलै विजयी भएका छन् । वडाअध्यक्षमा उम्मेद्वारी दिएका कांग्रेसका नवराज राईले एक हजार एक सय ७१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी एमालेका गोपालचन्द्र आचार्यले छ सय ७१ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका किशोर आचार्यको ५० मत र स्वतन्त्र उम्मेद्वार हरि आचार्यको एक मत आएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित