नमस्ते खोटाङ संवाददाता-
दिक्तेल (खोटाङ) कात्तिक २३–खोटाङको दिक्तेलमा अहिले बिहान आगलागी भएको छ । विहान करिब साडे तीन बजेबाट सुरु भएको आगोले दिक्तेल बजारको रत्नपार्कस्थित अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर नष्ट भएको छ ।
आगो नियन्त्रण गर्ने क्रममा अन्य तीन घर भत्काइएको छ । आगो नियन्त्रणका लागि नवीन गुरुङ, रविध्वज राई र राजु श्रेष्ठको घर भत्काइएको छ । आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ । आगो नियन्त्रणमा नेपाल प्रहरी, सशस्त्र, सेना तथा स्थानीय खटिरहेका छन् । क्षति विवरण आइनसकेको प्रहरी नायव उपरीक्षक राजकुमर केसीले बताए ।
दिक्तेल रुपाकोट नगरपालिकाको दमकल भने थन्किएर बसेको छ । नगरपालिकाको दमकल चालु नहुदा स्थानीय आक्रोशित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित