नेर्पा भिडियो प्रकरणप्रति वाम–लोकतान्त्रिक गठबन्धन आबद्ध दलको आपत्ति

  • प्रकाशित मितिः वैशाख २९, २०७९
  • 1949 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २९–नेर्पाको भिडियो प्रकरणप्रति वाम–लोकतान्त्रिक गठबन्धन आबद्ध दलका प्रतिनिधिहरुले आपत्ति जनाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा बैशाख २८ गते राती भएको घटनाप्रति कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विज्ञप्ती मार्फत आपत्ति जनाएका हुन् ।
कांग्रेस वडा समिति उपाध्यक्ष राजकुमार कटुवाल, नेकपा माओवादी केन्द्र वडा कमिटी अध्यक्ष सुखदेव राई, नेकपा एकीकृत समाजवादीका पविन राईले बैशाख २९ गते विज्ञप्ती जारी गर्दै उक्त प्रकरणप्रति भत्सर्ना गरेका हुन् ।
विज्ञप्तीमा केही व्यक्तिको नामबाट प्रयोग भएको सामाजिक सञ्जालबाट स्थानीय तहको निर्वाचनको विषयलाई लिएर उक्त वडाका भोगेन्द्र राईले गठबन्धनको तर्फबाट उक्त वडाको दलित वस्तीमा पैसा बा“ड्दै गरेको भन्ने भिडियो प्रकरण सहितको भ्रामक प्रचार गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । ‘राई नेर्पाका समाजसेवी, शिक्षा प्रेमी, व्यवसायिक व्यक्ति हुन्, उनले हालसम्म गठबन्धनको कुनै पनि पार्टीको सदस्यता लिएका छैनन्, उनलाई गठबन्धन दलको तर्फबाट पैसा बाडेरै मत किन्न कुनै पार्टीले पठाएको होइन्, भोगेन्द्र राईले पैसा दिएका पनि छैनन् ।’ विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा चुनाव प्रचार प्रसारका क्रममा नियोजित षड्यन्त्र गरेर चुनाव जित्ने व्यक्तिको चरित्र हत्या गर्ने निकृष्ट राजनीतिक खेलबाट माथि उठ्न समेत विज्ञप्तीमार्फत आह्वान गरेका छन् । उक्त प्रकरण हारको मानसिकताले गरिएको स्थानीय युवा नेता तथा वाइसियल खोटाङका इन्चार्ज शरद राईले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित