‘चरित्र हत्या गरियो, घटना दोहोरिए कानुनी उपचार खोज्छु’ : भोगेन राई

  • प्रकाशित मितिः बैशाख २९, २०७९
  • 2449 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख २९–चुनावलाई प्रभावित गर्न आफूलाई पैसा बाड्ने आरोप लगाएको भन्दै नेर्पाका भोगेन्द्र राईले त्यसको खण्डन गरेका छन् । बैशाख २८ गते राती पैसा बाड्न हिडेको भन्ने आरोप लगाउदै चरित्र हत्या गरेको भन्दै त्यसको खण्डन गरेका हुन् ।
विज्ञप्तीमा भनिएको छ–‘हिजो मिति २०७९ वैशाख २८ गते म मेरो व्यवसायको कामबाट घर फर्किने क्रममा बाटोमा पर्ने गोठमा थकाई मार्नका लागि बसेको थिए“ । त्यसैैमा नेकपा (एमाले)का कार्यकर्ता जो मेरा गाउ“ले भाइहरु पनि हुन् । उनीहरु अचानक म बसेको ठाउ“मा आई अनावश्यक विवाद गर्नका साथै मलाई गठबन्धनका लागि पैसा बा“ड्न हि“डेको भनी गालीगलौज गर्न थाले, मेरो झोला खोस्न र खोल्न खोजेपछि मैले मेरो ‘झोला हेर’ भनेर उनीहरुलाई दिए“ । त्यसपछि उनीहरुले आफ्नो तर्फबाट केही रकम मेरो झोलामा हाली बाहिर निकाल्दै ‘यी यति रुपिया“ रहेछ’ भनेर देखाउन लागे । त्यति मात्र नभएर उनीहरुले त्यसलाई सुनियोजित तरिकाले भिडियो खिच्न पनि लागे । मैले त्यसको प्रतिवाद गरे“, जुन कुरा उनीहरुले पोष्ट गरेको भिडियोबाट पनि प्रष्ट हुन्छ ।’
‘उनीहरुले पोष्ट गरेको भिडियोबाट झोलामा जम्मा १०–११ हजार रुपिया“ राखेको देखाउन खोजिएको छ । त्यति रुपिया“ कसैले पनि झोलामा राख्दैन, राख्न आवश्यक हु“दैन । त्यति रुपिया“ त सजिलै गोजिमा अटाउन सक्छ ।’–विज्ञप्तीमा उल्लेख छ ।
‘उनीहरुले पोष्ट गरेको भिडियोमा प्रष्ट देखिन्छ कि उनीहरुले मेरो झोला खोल्न खोज्दा ‘लु खोल’ भनेर म स्वयंले त्यो झोला उनिहरुलाई दिएको छु । पैसा बा“ड्ने नियत राखेर मैले झोलामा पैसा राखेको भए मेरो झोला उनीहरुलाई ‘खोल’ भनेर दिने नै थिइन“ त्यसको प्रतिकार गर्ने थिए“ ।’
‘पैसा बा“ड्ने व्यक्ति सडक छेउको गोठमा सुस्ताइरहन्छ ? यसरी हेर्दा प्रष्ट हुन्छ कि म कुनै पैसा बा“ड्ने उद्देश्यले त्याहा“ पुगेको थिइन“ उनीहरुले सुनियोजित तरिकाले प्रविधिको दुरुपयोग गरी मेरो चरित्र हत्या गरेकोमा म त्यसको घोर भत्र्सना गर्दछु । राजनीतिक आवरणमा यस्तो निकृष्ट कार्य हुनु अत्यन्तै निन्दनीय छ । अन्त्यमा, म सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउन चाहान्छु, कुनै व्यक्ति विशेषको मर्यादामा आ“च आउने, चरित्र हत्या गर्ने यस्तो निकृष्ट संस्कृतिको बढबाले कसैको पनि भलो गर्दैन । यस्तो षडयन्त्रमूलक प्रवृत्ति दाहोरिएमा कानुनी उपचार खोज्न बाध्य हुनेछु ।–विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित