नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २४–बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको साकेला गाउँपालिकाले तेश्रो त्रैमासिक किस्ता रकम शिविर मार्फत वितरण सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष ०७८/०७९ को तेश्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम नेपाल एसबिआई बैंकको साकेला शाखा र गाउँपालिकाले पालिकाका सबै वडा र वडा नं. १ को अन्य एक स्थानसहित ६ वटा केन्द्रमा पुगेर भत्ता वितरण गरेको हो ।
गत वैशाख १३ गते २ नं. वडा कार्यालय रतन्छा, १४ गते ३ नं. वडा कार्यालय खिदिमा, १५ गते ४ नं. वडा कार्यालय मात्तिम, १६ गते ५ नं. वडा कार्यालय मात्तिमबिर्ता तथा वैशाख २० गते वडा नं. १ को चण्डेश्वरी आधारभूत विद्यालय डाँडागाउँ र वैशाख २२ गते वडा नं. १ को वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङले जानकारी दिनुभयो ।
वृद्धअवस्था, अशक्तताका कारण बैंक सम्म उपस्थित हुन नसक्ने लाभग्राहीहरुलाई लक्षित गरि गाउँपालिका र बैंकले वडा वडामा शिविर मार्फत भत्ता रकम वितरण गर्दै आएको छ । गाउँपालिका र बैंकको सम्झौता अनुसार वर्षको ३ पटक गाउँगाउँमा शिविर मार्फत भत्ता वितरण गरिनेछ । यस पटकको शिविरबाट ४०२ जना अशक्त अवस्थाका वृद्धवृद्धाले सेवा लिएका छन् भने ४५ लाख ३१ हजार रुपैंया रकम उनिहरुले गाउँमै बुझेका छन् ।
१२ सय ७ जना लाभग्राही रहेको साकेला गाउँपालिकामा तेश्रो किस्ता बापत १ करोड १३ लाख रुपैया रकम निकासा भएको थियो । भुक्तानी शिविरका लागि नेपाल एसबिआई बैंकका शाखा प्रबन्धक असिम इङ्नाम, प्रमुख प्रशासकीय अधिकृत महेश राई लगायत सामाजिक सुरक्षा शाखाका कर्मचारी आफै शिविरस्थल पुगेर भत्ता वितरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित