नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २३–निर्वाचन आचार संहिता उलङ्घनका घटनाले चर्चा पाइरहेको बेला खोटाङस्थित जिल्ला प्रशासन कार्यालयले आचार संहिता उलङ्घन नगर्न आग्रह गरेको छ । बैशाख २२ गते सूचना जारी गर्दै आचार संहिता उलङ्घन नगर्न आग्रह गरेको हो ।
निर्वाचन ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी जारी गरेको निर्वाचन आचार संहिता, २०७८ बमोजिम राजनीतिक दल वा उम्मेद्वारको निर्वाचन चिन्ह अङ्कित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप प्रयोग गर्न नपाइने सूचनामा उल्लेख गरिएको छ । त्यस्तै गम्छा, मास्क, लकेट, पहिरन, स्टीकर, लोगो, झोला, ब्याज, टाटुजस्ता सांकेतिक सामग्रीहरु उत्पादन, प्रयोग, विक्री वितरण तथा प्रदर्शन, बालकालिकाहरुलाई निर्वाचन प्रचार प्रसारमा प्रयोग, सार्वजनिक पोल तथा सार्वजनिक स्थानमा दलको झण्डा, दल तथा उम्मेद्वार निर्वाचन चिन्ह राख्न तथा टास्न नपाइने उल्लेख छ ।
दलको झण्डाको वा दलको उम्मेद्वारको चुनाव चिन्हको तोरण, माइक तथा लाउड स्पीकर प्रयोग गरी सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी राजनीतिक दल वा उम्मेद्वारका गीत तथा नारा बनाउनेजस्ता क्रियाकलाप नगर्न सूचनामा उल्लेख छ । उक्त आचार संहिता उलङघन गरे निर्वाचन आचार संहिता २०७८ अनुसार सुरक्षाकर्मीहरुको प्रयोग गरी उल्लेखित कार्यहरु नियन्त्रण गरिने तथा हटाउने र प्रचलित कानुन बमोजिम कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरिने सूचनामा उल्लेख छ । स्थानीय निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण, मर्यादित, एबम भयरहित वातावरण तयार गरी भरपर्दौ र विश्वसनीय बनाई राज्यका सबै अङ्गहरु, सञ्चार जगत, राजनीतिक दल, उम्मेद्वार तथा आम नागरिकलाई सचेत गराइएको छ । त्यस्तै हुलाक कार्यालयले निर्वाचन आचार संहिता उलङ्घन गरे जानकारी दिन आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित