नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २३––जन्तेढुङ्गा गाउ“पालिकामा गठबन्धनको तर्फबाट उम्मेद्वार दिएकी नेकपा माओवादी केन्द्रकी अरुणादेवी राईले नीतिगत भ्रष्टाचारको अन्त्य गर्ने बताएकी छन् । अधिकांश स्थानीय सरकारले नीतिगत भ्रष्टाचार गरेकाले त्यसको अन्त्य गर्ने राईको प्रतिबद्धता छ ।
राईले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार लगायत सामाजिक विकासमा जोड दिने प्रतिबद्धता जनाएकी छन् । महिला, दलित, बृद्ध, अपाङ्ग–अशक्त लगायतको सेवामा ध्यान दिने समेत राईको प्रतिबद्धता छ । गणतन्त्र, समावेशी, धर्म निरपेक्षता लगायतका विभिन्न उपलब्धिहरुको संवाहक माओवादी केन्द्र र मुलुकको लोकतन्त्रको पहरेदार नेपाली कांग्रेस लगायतका वाम–लोकतान्त्रिक गठबन्धनले आफूलाई अध्यक्षजस्तो पदमा उभ्याएकाले इमानदार पूर्वक काम गर्ने बताइन् । वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेसका खेमबहादुर खड्काले उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् । उक्त पालिकामा एमालेको तर्फबाट शंखरबहादुर राईसंग चुनावी प्रतिष्पर्धा देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १२–नेकपा मा... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १०–प्रक्रि... ... ...
सविना अछामे–खोटाङ, जेठ १०–पेट्रोलियम पदार्थक... ... ...
सविना अछामे–खोटाङ, जेठ १०–रुकुम पश्चिमका नवरा... ... ...
सविना अछामे–खोटाङ, जेठ १०–तीन महिला हत्यामा सं... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित