नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २१–आचार संहिता उलङ्घन गर्दै मतदातालाई प्रभावित गर्न वितरण गर्नका लागि ट्रनेल लगायतका सामग्री बोकेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । दिक्तेलबाट निर्मलीडाडा“ जादै गरेको को २ त ९३५४ नम्बरको ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा मङ्गलबार राती नियन्त्रणमा लिएको हो ।
उक्त ट्याक्टरमा ४० थान ट्रनेल, १६ थान जस्तापाता, २० क्याकेट चाउचाउ, एक सिलिन्डर ग्यास लगायतका अन्य सामग्री फेला परेको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए । लिने र दिने व्यक्तिको नाम समेत भएकाले थप अनुसन्धान भइरहेको डिएस्पी लम्सालले बताए ।
सोमबार पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वितरण गर्न लागेको पाइप प्रहरीले नियन्त्रणमा लिएको थियो । चुनावलाई प्रभावित पार्ने गरी पाइप वितरण गर्न लागेको भन्दै गुनासो गरेपछि नियन्त्रणमा लिएको थियो ।
चुनाव प्रभावित गर्न पाइप बाड्न सुरु गरेको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको स्थानीय तथा नेकपा एकीकृत समाजवादीका युवा नेता यादवसेन राईले बताए । राईका अनुसार १६ क्वाइल पाइप प्रहरीले नियन्त्रण गरेको हो । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले भने वडाकै बजेट तथा कार्यक्रम अन्तरगत पाइप ल्याएको र चुनावको बेला पाइप बाड्दा वातावरण बिग्रने सम्भावना भएकाले सुरक्षित साथ राखिएको बताए । उनका अनुसार उक्त पाइप खानीडाडा“स्थित प्रहरी चौकीमा राखिएको छ ।
उक्त वडाका निवर्तमान वडाअध्यक्ष डिल्ली राईले भने वडाको बजेटबाट दलित, एकल महिला र जनजातिलाई उपलब्ध गराउ“ने योजना अन्तरगत पाइप ल्याइएको बताए । आफूले वडाअध्यक्षबाट राजिनामा दिइसकेकाले पाइप ल्याउ“ने जिम्मा वडा सचिव पवन श्रेष्ठलाई दिएको समेत वडाअध्यक्ष राईले सुनाए । राईले पुनः नेकपा एमालेको तर्फबाट वडाअध्यक्षमा उम्मेद्वारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित