सवारी दुर्घटनामा मृत्यु हुनेका आफन्तले शव बुझेनन्

  • प्रकाशित मितिः कार्तिक २२, २०७५
  • 1386 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता-
खोटाङ, कात्तिक २२–सवारी दुर्घटनामा मृत्यु भएका दीपक रसाइलीको शव आफन्तले बुझ्न मानेका छैनन् । मादक पदार्थ सेवन गरेर गाडी चलाएकाले दुर्घटना भएको दाबी गर्दै मृतकका बालबालिकालाई पठन–पाठन, क्षतिपूर्ति लगायतका माग राखि शव बुझ्न नमानेका हुन् । दिक्तेल अस्पतालमा राखिएको शव अझै पोष्टपार्टम हुन सकेको छैन ।
बाक्सिलाबाट दिक्तेल आउदै गरेको ना १ ज ३६९८ नम्बरको जीप बुधबार राती मुढेमा दुर्घटना हुदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ४१ वर्षीय दीपक रसाइलीको मृत्यु भएको थियो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ का चालक १९ फुर्वा सेपा र सिन्धुली जरायोटार–४ का २३ वर्षीय रमेश मगर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित