नमस्ते खोटाङ संवाददाता-
खोटाङ, कात्तिक २२–सवारी दुर्घटनामा मृत्यु भएका दीपक रसाइलीको शव आफन्तले बुझ्न मानेका छैनन् । मादक पदार्थ सेवन गरेर गाडी चलाएकाले दुर्घटना भएको दाबी गर्दै मृतकका बालबालिकालाई पठन–पाठन, क्षतिपूर्ति लगायतका माग राखि शव बुझ्न नमानेका हुन् । दिक्तेल अस्पतालमा राखिएको शव अझै पोष्टपार्टम हुन सकेको छैन ।
बाक्सिलाबाट दिक्तेल आउदै गरेको ना १ ज ३६९८ नम्बरको जीप बुधबार राती मुढेमा दुर्घटना हुदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ४१ वर्षीय दीपक रसाइलीको मृत्यु भएको थियो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ का चालक १९ फुर्वा सेपा र सिन्धुली जरायोटार–४ का २३ वर्षीय रमेश मगर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित