चुनावको मुखमा वितरण गर्न लागेको पाइप प्रहरीले नियन्त्रणमा लियो

  • प्रकाशित मितिः वैशाख २०, २०७९
  • 1280 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख २०–चुनावको मुखमा वितरण गर्न लागेको पाइप प्रहरीले नियन्त्रणमा लिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा चुनावलाई प्रभावित पार्ने गरी पाइप वितरण गर्न लागेको भन्दै स्थानीयले गुनासो गरेपछि नियन्त्रणमा लिएको हो ।
चुनाव प्रभावित गर्न पाइप बाड्ने थाहा पाएपछि बैशाख १९ गते प्रहरीलाई खबर गरिएको नेकपा एकीकृत समाजवादीका युवा नेता तथा स्थानीय यादवसेन राईले बताएका छन् । प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले भने वडाकै बजेट तथा कार्यक्रम अन्तरगत पाइप ल्याएको र चुनावको बेला पाइप बाड्दा वातावरण बिग्रने सम्भावना भएकाले सुरक्षित साथ राखिएको बताए । उनका अनुसार १६ क्वाइल पाइप खानीडाडा“स्थित प्रहरी चौकीमा राखिएको छ ।
उक्त वडाका निवर्तमान वडाअध्यक्ष डिल्ली राईले भने वडाको बजेटबाट दलित, एकल महिला र जनजातिलाई उपलब्ध गराउ“ने योजना अन्तरगत पाइप ल्याइएको बताए । आफूले वडाअध्यक्षबाट राजिनामा दिइसकेकाले पाइप ल्याउ“ने जिम्मा वडा सचिव पवन श्रेष्ठलाई दिएको समेत वडाअध्यक्ष राईले सुनाए । निवर्तमान वडाअध्यक्ष राईले पुनः नेकपा एमालेको तर्फबाट वडाअध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित