चार स्थानीय तहको प्रमुख पदमा महिला उम्मेद्वार चुनावी मैदानमा

  • प्रकाशित मितिः बैशाख १५, २०७९
  • 941 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, बैशाख १५–जिल्लाको चार स्थानीय तहको प्रमुख पदमा महिला उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा गाउ“पालिका, खोटेहाङ गाउ“पालिका र बराहापोखरी गाउ“पालिकाको प्रमुख तथा अध्यक्षमा महिला उम्मेदवार भएका हुन् ।
हलेसी तुवाचुङ नगरपालिकामा विमला राई, जन्तेढुङ्गा गाउ“पालिकामा अरुणादेवी राई, खोटेहाङ गाउ“पालिकामा कविता राई र बराहापोखरी गाउ“पालिकामा गोमा मगर चुनावी मैदानमा होमिएका हुन् । यसमध्ये विमला राई कांग्रेस, अरुणादेवी राई माओवादी केन्द्र र कविता राई र गोमा मगर एमालेबाट उम्मेद्वारी दिएका हुन् । उम्मेद्वारी दिएकाहरुमध्ये हलेसी तुवाचुङ नगरपालिकामा एमाले उम्मेद्वार खडेन्द्र राईसंग विमला राईको, जन्तेढुङ्गामा एमाले उम्मेद्वार शंखरबहादुर राईसंग अरुणादेवी राईको, खोटेहाङमा माओवादी उम्मेद्वार उदीम राई ‘मुक्ति’संग कविता राईको र बराहापोखरीमा कांग्रेस उम्मेद्वार शालिकराम बन्जरासंग गोमा मगरको कडा प्रतिष्पर्धा हुने देखिन्छ ।
चुनावी मैदानमा उत्रिएकामध्ये विमला राई, कविता राई र गोमा मगर भने अघिल्लो स्थानीय तहको चुनावमा उपप्रमुख तथा उपाध्यक्ष विजयी भएका हुन् । अरुणादेवी राई अघिल्लो चुनावमा माओवादी केन्द्रले जन्तेढुङगा गाउ“पालिकामा अध्यक्षमा उम्मेद्वार बनाए पनि पराजित भएकी थिइन् । यो चोटी गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएकी हुन् । जिल्लाको दश पालिका मध्ये छ पालिकामा भने पुरुषले उम्मेद्वारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित