नमस्ते खोटाङ संवाददाता-
खोटाङ, कात्तिक २२–प्रजातन्त्रका लागि २००७ देखि लडेका एक योद्धाको निधन भएको छ । २००७ सालदेखि प्रजातन्त्र स्थापनाका लागि निरन्तर संघर्ष गर्दै आएका १०५ वर्षीय मणिसुन्दर बजिमयको बुधबार दिउसो निधन भएको हो । उनको बिहीबार अन्त्यष्टि गरिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ निबासी बजिमय १९७० सालमा जन्मिएका हुन् । उनले २००७ सालदेखि राणाशासनको विरुद्ध लडेका थिए । राणाशासनमा देश छाडेर तीन वर्ष भारत बसेका थिए । २०१० सालमा नेपाल फर्किएका बजिमयले पञ्चायत विरुद्ध समेत लडेका थिए । राजा महेन्द्रले समेत फासी दिने निर्णय गरेपछि सिहरास्थित जङ्गलमा बसेर पार्टीको काम गरेको परिवारजनले जनाएका छन् ।
२०१८ सालमा कांग्रेसको सशस्त्र आन्दोलनमा खोटाङको ऐसेलुखर्क बजार आक्रमण गर्दा बजिमय पक्राउ परेका थिए । त्यतिबेला खोटाङमा कारागार नहुदा उनी सहित पक्राउ परेका अन्यलाई ओखलढुङगास्थित कारागारमा राखिएको थियो । पा“च महिनासम्मको जेलपछि छुटेका बजिमय २०३६ सालको आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए । २०४६ सालको आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए । त्यत्तिखेर उनी विराटनगरमा थिए । त्यसपछि खोटाङ फिरेका बजिमयले प्रजान्त्रका लागि क्रियाशील रहे“ । तत्कालीन पञ्चायती व्यवस्थाले उनलाई भूमिगत बस्न वाध्य पारेको थियो ।
खोटाङ फर्के पनि लफ्याङको जङ्गलमा छाप्रो बारेर बस्न वाध्य हुनु परेको थियो । बहुदल घोषणापछि उनी खोटाङ फर्किएका हुन् । उनको योगदानको कदर गर्दै खोटाङ कांग्रेसले बिहीबार विपि स्मृति भवनबाट शोक¥याली सुरु गरी आर्यघाटसम्म पु¥याइएको थियो । त्यसअघि बिहीबार बिहान सात बजेदेखि आठ बजेसम्म विपि स्मृति भवनमा श्रद्धान्जली कार्यक्रम आयोजना गरिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा लगायत केन्द्रिय नेताहरुले टेलिफोन मार्फत श्रद्धासुमन व्यक्त गरेको कांग्रेस जिल्ला सभापति नरेशकुमार श्रेष्ठले बताए । खोटाङ कांग्रेसले सात दिनसम्म शोक मनाउ“ने भएको छ । यो अवधिमा पार्टीको कुनै कार्यक्रम नगर्ने र आधा झण्डा झुकाउने भएको छ । बजिमयका दुई छोरा, तीन छोरी लगायत नाती–नातिनाहरु छन् ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १५–खोटाङ र भ... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–जन्तेढु�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १४–चैत १५ गत... ... ...
खोटाङ, चैत १४–जन्तेढुङ्गा गाउँपालिकामा बाँसबाट... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, चैत १२–दिप्रुङ �... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित