हलेसी तुवाचुङ नगरपालिकामा कुन दलको को उम्मेद्वार ?

  • प्रकाशित मितिः बैशाख १४, २०७९
  • 601 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १३–हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा सात जनाको उम्मेद्वारी परेको छ । उक्त नगरपालिकाको उपप्रमुखमा पा“च जनाले उम्मेद्वारी दिएका छन् ।
प्रमुखमा कांग्रेसको तर्फबाट प्रमुखमा बिमला राई, एमालेको तर्फबाट खडेन्द्र राई, माओवादी केन्द्रको तर्फबाट रोशिका राई, जनता समाजवादीको तर्फबाट अञ्जिल राई, राप्रपाको तर्फबाट छत्र पुरी, खम्बुवानको तर्फबाट तुलसी तिलुङ र नेशनल अर्गनाइजेसनको तर्फबाट विनेश राईको उम्मेद्वारी परेको हो ।
त्यस्तै उपप्रमुखमा कांग्रेसको तर्फबाट रमेश राउत, एमालेको तर्फबाट तुलसा बुढाथोकी, माओवादी केन्द्रको तर्फबाट अमेम्बर राई, जनता समाजवादीको तर्फबाट अञ्जिल राई, राप्रपाको तर्फबाट एबिना राई र नेकपा एकीकृत समाजवादीकोतर्फबाट भूमिराज राईको मनोनयन दर्ता भएको छ ।
उक्त नगरपालिकामा वडाध्यक्षमा ३९ जना, महिला वडा सदस्यमा ३२ जना, दलित महिला सदस्यमा ३१ जना र खुला सदस्यमा ६६ जनाको उम्मेद्वारी परेको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित