खोटाङमा एमालेले उम्मेद्वार टुङ्गो लगायो

  • प्रकाशित मितिः बैशाख ११, २०७९
  • 632 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ११–नेकपा एमालेले बल्ल उम्मेद्वार टुङ्गो लगाएको छ । जिल्लाले पठाएको उम्मेद्वारहरुको नामलाई प्रदेश कमिटीले अनुमोदन गरेपछि बैशाख ११ गते टुङ्गो लागेको हो ।
एमाले खोटाङका सचिव कुमार आचार्यका अुनसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा कुमार आचार्य, उपप्रमुखमा विणादेवी राई अथवा राजकुमारी राई, हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा खडेन्द्र साम्पाङ राई, उपप्रमुखमा तुलसा बुढाथोकी, केपिलासगढी गाउ“पालिका अध्यक्षमा कृष्णकुमार राई, उपाध्यक्षमा उमा गुरुङ, ऐसेलुखर्क गाउ“पालिकाको अध्यक्षमा गिरेन्द्रबहादुर राई, उपाध्यक्षमा पुष्पकला भुजेललाई उम्मेद्वार बनाउ“ने पक्का गरेको छ ।
त्यस्तै साकेला गाउ“पालिका अध्यक्षमा गोपीकृष्ण बस्नेत र उपाध्यक्षमा दिलकुमारी राई, रावाबेसी गाउ“पालिका अध्यक्षमा हरिकुमार पोखरेल, उपाध्यक्षमा कौशिला गुरुङ, दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको अध्यक्षमा लोकेन्द्र राई, उपाध्यक्षमा अरुण थापा मगर, खोटेहाङ गाउ“पालिका अध्यक्षमा कविता राई, उपाध्यक्षमा राजन बन्जरा, बराहापोखरी गाउ“पालिका अध्यक्षमा गोमा मगर, उपाध्यक्षमा जीवनकुमार राई, जन्तेढुङ्गा गाउ“पालिकाको अध्यक्षमा शंकरबहादुर राई र उपाध्यक्षमा विमला राईलाई उम्मेद्वार बनाउने भएको आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित