सवारी दुर्घटनामा एकको मृत्यु, दुई घाइते

  • प्रकाशित मितिः कार्तिक २२, २०७५
  • 1083 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता
खोटाङ, कात्तिक २२–सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । बाक्सिलाबाट दिक्तेल आउदै गरेको ना १ ज ३६९८ नम्बरको जीप बुधबार राती मुढेमा दुर्घटना हुदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ४१ वर्षीय दीपक रसाइलीको मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ का चालक १९ फुर्वा सेपा र सिन्धुली जरायोटार–४ का २३ वर्षीय रमेश मगर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । मृतकका शव दिक्तेल अस्पतालको शव गृहमा राखिएको छ । पोष्टमार्टमपछि आफन्तलाई बुझाइने डिएस्पी केसीले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित