एमालेले उम्मेद्वारको नाम अनुमोदनका लागि पठायो

  • प्रकाशित मितिः वैशाख ९, २०७९
  • 1718 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ९–नेकपा एमालेले उम्मेद्वार छनौट गरी अनुमोदनका लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ । बैशाख ४ गतेदेखि ८ गतेसम्म एमाले खोटाङका अध्यक्ष रामप्रसाद दङ्गालको अध्यक्षतामा बसेको उच्चस्तरीय कार्यदलको बैठकले दशमध्ये नौ पालिकाको प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्ष छनौट गरी अनुमोदनका लागि पठाएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा कुमार आचार्य, उपप्रमुखमा विणादेवी राई, हलेसी तुवाचुङ नगरपालिकाको प्रमुखमा खडेन्द्र साम्पाङ, केपिलासगढी गाउ“पालिका अध्यक्षमा कृष्णकुमार राई, ऐसेलुखर्क गाउ“पालिकाको अध्यक्षमा गिरेन्द्रबहादुर राई, उपाध्यक्षमा पुष्पकला भुजेलको नाम अनुमोदनका लागि पठाएको हो ।
त्यस्तै रावाबेसी गाउ“पालिका अध्यक्षमा हरिकुमार पोखरेल, उपाध्यक्षमा कौशिला गुरुङ, दिप्रुङ चुइचुम्मा गाउ“पालिकाको अध्यक्षमा लोकेन्द्र राई, खोटेहाङ गाउ“पालिका अध्यक्षमा कविता राई, उपाध्यक्षमा राजनकुमार बन्जरा, बराहापोखरी गाउ“पालिका अध्यक्षमा गोमा मगर, जन्तेढुङ्गा गाउ“पालिकाको अध्यक्षमा शंकरबहादुर राई र उपाध्यक्षमा विमला राईको नाम पठाएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाको उप्रमुख, केपिलासगढी, दिप्रुङ चुइचुम्मा र बराहापोखरी गाउ“पालिकाको उपाध्यक्ष तथा साकेला गाउ“पालिकाको अध्यक्ष/उपाध्यक्षको नाम भने खाली राखेर पठाइएको छ । अन्य दलसंग गठबन्धनका लागि खाली राखिएको हुन सक्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित