नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ७–ऐसेलुखर्क गाउ“पालिकाको लिदिङ खोला पुल अलपत्र परेको छ । निर्माणको सुरुवाती चरणमै गुणस्तरहीन भएको रिपोर्टपछि निर्माण अलपत्र परेको हो ।
उक्त पालिकाको वडा नं १ राखावाङ्देल र वडा नं ३ ऐसेलुखर्कको बीचमा पर्ने पुलको ठेक्का पुष्पाञ्जली जिम्बा जेभीले लिएको हो । तीन करोड २० लाख १८ हजार नौ सय ११ रुपैया“को लागतमा २०७९ भदौ २८ गतेभित्र सक्ने गरी २० २०७७ फागुन २८ गते संझौता भएको थियो । उक्त निर्माणाधीन पुलको जगमै गुणस्तरहीन भएको परीक्षण रिपोर्ट आएपछि समस्या आएको वडा नं ३ का वडाअध्यक्ष राजेश राजभण्डारीले बताए । ‘सुरुमै परीक्षण गर्दा रिपोर्ट फेल आयो, त्यसपछि काम रोकिएको हो ।’ राजभण्डारीले भने ।
गाउपालिकाका प्राविधिकले उक्त पुलको संझौता अनुसार काम नभएको, गुणस्तरहीन सामान प्रयोग गरिएको भन्ने जनाएपछि परीक्षणमा पठाइएको गाउ“पालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । परीक्षणका लागि गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरमा पठाइएको थियो । केन्द्रले २०७८ मङ्सिर २ गते फेल भएको परीक्षण रिपोर्ट पठाएको थियो ।
सच्याइएको रिपोर्ट पेश :
गत चैत २७ गते सच्याइएको रिपोर्ट पेश गरिएको छ । परीक्षण विश्व कन्सर्ट प्रालि डिल्लीबजारले गरेको हो । पछिल्लो चोटी निर्माण कम्पनी आफैंले खोजेको परीक्षण केन्द्रले पास परेको रिपोर्ट आएकाले सेटिङमा मिलाइएको आशंका गरिएको छ । सुरुमा ढलान गर्ने मसला (कङ्क्रिट क्युटेष्ट)को परीक्षण फेल भएपछि निर्माण कम्पनीले कोरकटिङ टेष्ट (ढलान गरेको ठाउ“को सामग्री काटेर परीक्षण) गर्न अनुरोध गरेपछि दोश्रो चोटी परीक्षणमा पठाइएको गाउ“पालिकाका इन्जिनियर किसन अधिकारीले बताए । उक्त परीक्षणमा पास भएको रिजल्ट आएको हो ।
प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले भने यसबारे बुझ्न बा“की रहेको बताइन् । निर्माण कम्पनी सम्बद्ध उमेश पौडेलले भने फिल्डमै आएर मेजरमेन्ट गरेपछि पास भएको बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित