खोटाङमा गठबन्धनले सिट बाड्यो

  • प्रकाशित मितिः बैशाख ५, २०७९
  • 3382 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख ५–स्थानीय तह निर्वाचनका लागि खोटाङमा गठबन्धनको सहमती भएको छ । दुई नगरपालिका र आठ गाउ“पालिकामध्ये छ वटामा बैशाख ४ गते मध्यराती सहमती जुटेको हो ।
यसमध्ये कांग्रेस र नेकपा माओवादी केन्द्रले तीन/तीन वटा पालिकाको प्रमुख बा“डेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, बराहापोखरी गाउ“पालिका र रावाबेसी गाउ“पालिकाको प्रमुख तथा अध्यक्ष कांग्रेसलाई दिने सहमती भएको कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईले बताए । माओवादीलाई जन्तेढुङ्गा गाउ“पालिका, खोटेहाङ गाउ“पालिका र ऐसेलुखर्क गाउ“पालिकामा अध्यक्षमा सहमती भएको छ । कांग्रेसले प्रमुख पाएको दिक्तेल रुपाकोट मझवागढी नगरपालिका र रावाबेसी गाउ“पालिकाको उपाध्यक्षमा माओवादी केन्द्र र बरापोखरी गाउ“पालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा सहमती भएको छ ।
दिप्रुङ चुइचुम्मा गाउ“पालिका, साकेला गाउ“पालिका, केपिलासगढी गाउ“पालिका र हलेसी तुवाचुङ नगरपालिकामा भने कांग्रेस बाहेक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी बीच सहमती भएको छ । यसमध्ये केपिलासगढी गाउ“पालिकामा एकीकृत समाजवादीको अध्यक्ष, जनता समाजवादीको उपाध्यक्ष, साकेला गाउ“पालिकामा माओवादी केन्द्र अध्यक्ष, जनता समाजादीको उपाध्यक्ष र हलेसी तुवाचुङ नगरपालिकामा सहमती नजिक पुगेको नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा प्रदेश १ खानेपानी, सिचाइ तथा उर्जा मन्त्री रामकुमार राईले बताए । जिल्ला समन्वय प्रमुखमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी उपप्रमुखमा जनता समाजवादी पार्टीलाई दिने सहमती भएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित