खोटेहाङमा मालपोत कार्यालयले सेवाग्राहीलाई सम्मान ग¥यो

  • प्रकाशित मितिः वैशाख २, २०७९
  • 1563 पटक पढिएको
  • संवादताता

सरस्वती राई
खोटेहाङ, बैशाख २–खोटाङ बजारस्थित मालपोत कार्यालयले सेवाग्राहीलाई सम्मान गरेको छ । उसले लिखत पारितको शत वार्षिकीको अवसरमा बैशाख २ गते सेवाग्राहीलाई सम्मान गरेको हो ।
जग्गा किन्न आएकी जन्तेढुङ्गा गाउ“पालिका–५ खुटाकी मनमाया“ श्रेष्ठ र जग्गा बेच्न आएका खुटाकै वीरबहादुर प्रधानलाई सम्मान गरेको हो । मालपोत कार्यालय प्रमुख लक्ष्मीप्रसाद आचार्यले खादा र अविरले सम्मान गरेका हुन् ।

khote1
शतवार्षिकीको अवसरमा मालपोत र नापी कार्यालयले विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैशाख १ गते खोटाङबजारस्थित मालपोत र नापी कार्यालयले अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा सहभागीहरुले मुस्कान सहितको सेवा दिनु पर्ने, प्रक्रिया नपुगेकाले सेवाग्राहीले दुःख पाउ“ने भएकाले यसबारेमा सचेतना जगाउ“नु पर्ने लगायतका विषय उठाएका थिए ।
खोटाङबजारमा मालपोत र नापी कार्यालय स्थापना भएपछि सेवाग्राहीलाई सहज भएको सहभागीहरुले बताएका छन् । कार्यालय स्थापना भएपछि दिक्तेल जानु पर्ने वाध्यताको अन्त्य भएको समेत उनीहरले बताए । १९७९ सालबाट माल अड्डाको रुपमा स्थापना भई घरजग्गा रजिष्ट्रेसन पारित गर्ने काम सुरु भएको थियो । त्यसलाई पोता रजिष्ट्रेसन भनेर नामाकरण गरिएको थियो ।

khote मालपोतले खोटाङ बजारमा २०७४ भदौ ५ गतेदेखि सेवा सुरु गरेको थियो । उक्त कार्यालयले २०७८ असार २३ गतेदेखि अनलाइन सेवा सुरु गरेको थियो । १९७९ सालमै स्थापना भएको नापी कार्यालयले पनि खोटाङ बजारमा सेवा दिदै आएको छ । दुबै कार्यालयले खोटेहाङ, जन्तेढुङ्गा र बराहापोखरी गाउ“पालिकाका सेवाग्राहीलाई सेवा दिदै आएको हो । जन्तेढुङ्गा गाउ“पालिका अध्यक्ष शंकरबहादुर राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राई लगायत नेकपा एमालेका राजनकुमार बन्जरा, कांग्रेसका कुमार उदास, खोटेहाङ गाउ“पालिका–७ का वडाअध्यक्ष शिवप्रसाद फुयाल लगायतले धारणा राखेका थिए । मालपोत कार्यालय प्रमुख लक्ष्मीप्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रममा नापी कार्यालयका प्रमुख शक्तिप्रकाश जोशीले सेवाप्रवाहको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

safai चैत ३० गते सरसफाइ र दीप प्रज्ज्वलन कार्यक्रम गरिएको मालपोत कार्यालय प्रमुख आचार्यले बताए ।

deep

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित