नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १–ऐसेलुखर्क गाउ“पालिका–२ बाकाचोलका वडाअध्यक्ष सन्तवीर तामाङलाई आफ्नो कार्यकालमै वडा कार्यालय भवन उद्घाटन गर्ने मन थियो । त्यही कार्यालयबाट सेवा दिने इच्छा पनि थियो । तर त्यसो हुन सकेन । बेलामा कार्यालय भवन नसकिदा उनको चाहना यो कार्यकालका लागि अपूरै भयो ।
बाकाचोल वडा कार्यालय भवन निर्माणका लागि विनियोजित १४ लाख ४० हजार मध्ये १३ लाख दश हजार तीन सय ७७ रुपैया“को लागतमा नाछिरिङ कन्ट्रक्सन निर्माण कम्पनीले ठेक्का लिएको हो । उक्त कम्पनीले २०७८ असोज १५ गते सक्ने गरी २०७८ असार ९ गते संझौता गरेको थियो । तर काम नगरेपछि पटक–पटक ताकेता गर्दा समेत अटेर गरेको ऐसेलुखर्क गाउ“पालिकाकी प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले बताइन् ।
उनका अनुसार भवन बुझाउ“ने बेलामा पनि कामै नगरेपछि पटक–पटक ताकेता गरेको र अटेर गरेपछि नियमानुसार प्रक्रिया बढाउ“ने पत्र लेखेपछि फेरि म्याद थप गरी काम गर्न अनुरोध गरेको छ । उक्त निर्माण कम्पनीले असार १६ गतेसम्मको अवधि राखेर बैंक ग्यारेन्टी बुझाएर म्याद थपको अनुरोध गरेको यादवले सुनाइन् ।
निर्माण कम्पनी सम्बद्ध गणेश नाछिरिङले भने कार्यालयको हेल्चेक्राइ“ले नाछिरिङ कन्ट्रक्सन निर्माण कम्पनीले ठेक्का पारेको तर शक्ति निर्माण सेवासंग संझौता गरेकाले आफ्नो कम्पनीले काम नगरेको बताए । अहिले भने नाछिरिङ निर्माण कम्पनीसंग संझौता भएको र असारसम्ममा काम सक्ने उनले बताए । यादवले भने बहाना मात्र गरिएको र नाछिरिङकै प्रतिनिधि मिलन भुजेलले संझौता गरेको बताइन् ।
त्यस्तै उक्त पालिकाकै वडा नं ७ माक्पाको वडा कार्यालय भवन अवस्था पनि उस्तै छ । ३८ लाख ४० हजार रुपैया“ गाउ“पालिकाको र स्थानीय उपभोक्ताको छ लाख ९९ हजार नौ सय ७० रुपैया“ बराबरको जनश्रमदान गरी ४५ लाख ३९ हजार ९७ रुपैया“को लागतमा निर्माणको संझौता गरेको उपभोक्ता समितिले काम नगरेपछि भवन निर्माण अलपत्र परेको हो । निर्माण उपभोक्ता समितिका अध्यक्ष विकाश राई र गाउ“पालिका बीच २०७६ माघ २१ गते संझौता भएको हो । उक्त भवन २०७७ जेठ ३० गतेसम्म गाउ“पालिकालाई बुझाउ“ने गरी संझौता भएको थियो । उक्त भवन निर्माणका लागि १२ लाख ६७ हजार रुपैया“ पेश्की समेत लिएको छ ।
उक्त भवन बेलामा नसकेपछि २०७८ मङ्सिर २२ गते छलफल गरी चैत ३० गतेसम्म सक्ने गरी कागज गरिएको यादवले सुनाइन् । पछिल्लो चोटी थपिएको अवधिमा पनि काम नभएपछि बुधबार पत्र लेखी कारबाही किन नगर्ने ? भनेर सोधिएको यादवले जनाइन् । ‘पत्रमा सरकारी बा“की सरह असुल उपर किन नगर्ने भनी तीन दिन भित्र जवाफ पेश गर्न भनिएको छ’ यादवले भनिन् । उपभोक्ता समिति अध्यक्ष विकाश राईले भने आफू विरामी परेकाले काम गर्न नसकेको बताए । उक्त वडा भवन निर्माणमा वडा अध्यक्ष फूलकुमार राई समेत संलग्न भएको काम गरेको स्थानीयको गुनासो छ । देखावटीमा उपभोक्ता समिति बनाएर विकाश र फुलकुमारले काम गरेको तर पछि घाटा हुने देखेपछि फूलकुमारपछि हटेपछि भवन अलपत्र परेको उनीहरुले बताएका छन् । वडाअध्यक्ष राईले भने आफू वडाअध्यक्ष भएको नाताले सघाएको मात्र बताए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित