सरस्वती राई
खोटेहाङ, बैशाख १–खोटाङबजारस्थित मालपोत र नापी कार्यालयले स्थापना भएको १०० वर्ष पुगेको उपलक्ष्यमा बैशाख १ गते अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
खोटाङ बजारमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले मुस्कान सहितको सेवा दिनु पर्ने, प्रक्रिया नपुगेकाले सेवाग्राहीले दुःख पाउ“ने भएकाले यसबारेमा सचेतना जगाउ“नु पर्ने लगायतका विषय उठाएका थिए ।
खोटाङबजारमा मालपोत र नापी कार्यालय स्थापना भएपछि सेवाग्राहीलाई सहज भएको सहभागीहरुले बताएका छन् । कार्यालय स्थापना भएपछि दिक्तेल जानु पर्ने वाध्यताको अन्त्य भएको समेत उनीहरले बताए ।
१९७९ सालमा स्थापना भएको मालपोतले खोटाङ बजारमा २०७४ भदौ ८ गतेदेखि सेवा सुरु गरेको थियो । उक्त कार्यालयले २०७४ असार २२ गतेदेखि अनलाइन सेवा सुरु गरेको थियो । १९७९ सालमै स्थापना भएको नापी कार्यालयले २०७४ भदौ ५ गतेदेखि खोटाङ बजारमा सेवा दिदै आएको छ । दुबै कार्यालयले खोटेहाङ, जन्तेढुङ्गा र बराहापोखरी गाउ“पालिकाका सेवाग्राहीलाई सेवा दिदै आएको हो । जन्तेढुङ्गा गाउ“पालिका अध्यक्ष शंकरबहादुर राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राई लगायत नेकपा एमालेका राजन बन्जरा, कांग्रेसका कुमार उदास, खोटेहाङका वडा अध्यक्ष शिव फुयाल लगायतले धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित