नमस्ते खोटाङ संवाददाता–
खोटाङ, बैशाख १–‘सेटिङमा ठेक्का’ आरोप लागेको दिप्रुङ चुइचुम्मा गाउ“पालिका–७ स्थित धिप्लुङ झरना पर्यटकीय विकास आयोजनाको ठेक्का प्रक्रिया बढाउ“न सर्वोच्च अदालतले आदेश दिएको छ । ‘एक मात्र निर्माण कम्पनीलाई ठेक्का पार्ने आशयले सेटिङ गरेकाले त्यसमा संलग्न दुबै निर्माण कम्पनीलाई ठेक्का प्रक्रियामा समावेश गर्नु’ भन्ने सार्वजनिक खरिद अनुगमन कार्यालयको आदेशलाई सदर गरेको हो ।
सर्वोच्च अदालतमा न्यायधिसद्वय इश्वर खतिवडा र बमकुमार श्रेष्ठको चैत २९ गतेको इजलासले उक्त निर्णय गरेको हो । उक्त आयोजनाका लागि ठेक्का हालेका स्काइ सगरमाथा जेवी कम्पनी र आशिर्वाद पिआर जेवीमध्ये स्काइ सगरमाथा जेवीलाई फालेर आशिर्वाद पिआर जेवीलाई फुल रेटमा पारेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेपछि उक्त कार्यालयले २०७८ साउन ५ गते दुबै कम्पनीलाई प्रक्रियामा समावेश गर्न निर्देशन गरेको थियो ।
करिब पा“च करोड ६ लाख रुपैया“को लगत स्टीमेटमा तीन करोड ३४ लाख ८० हजार चार सय ३९ रुपैया“को आर्थिक प्रस्ताव पेश गर्ने निर्माण कम्पनीलाई प्राविधिक कारण देखाउ“दै ठेक्का प्रक्रियाबाट आउट गरेर पा“च करोड एक लाख ४७ हजार छ सय २५ रुपैया“को आर्थिक प्रस्ताव गर्ने कम्पनीलाई ठेक्का पारिएपछि गाउ“पालिका अध्यक्ष भूपेन्द्र राई, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय लगायतमा उजुरी परेको थियो ।
अनुगमन कार्यालयको उक्त निर्णय विरुद्ध आशिर्वाद पिआर जेवीले २०७८ साउन २४ गते सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो । उक्त रिटपछि साउन २९ गते न्यायधिस अनिलकुमार सिन्हाको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरी कम आर्थिक प्रस्ताव पेश गर्नेलाई संझौता नगराउ“नु भनिएपछि उक्त ठेक्का प्रक्रिया रोकिएको थियो । यो फैसलाले अब फेरि ठेक्का प्रक्रिया बढाउ“न बाटो खुलेको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित