सम्झनाको सपना

  • प्रकाशित मितिः कार्तिक १६, २०७५
  • 2437 पटक पढिएको
  • संवादताता

भूमिका न्यौपाने- 

खोटाङबजार, कात्तिक १६–अब त सम्झना १९ वर्षकी भइन् । जब उनको जवानी चढ्दै गयो, उनको सपनाहरु पनि झन ओझिलो बन्दै गएको छ । आफूजस्तै शारीरिक अशक्तता भएकाहरुको सेवामा लाग्ने उनको सपना झन ओझिलो बन्दै गएको हो ।

यो सपना खोटेहाङ गाउ“पालिका–७ की सम्झना राईको हो । उनी शारीरिक रुपमा अशक्त भए पनि मानसिक रुपमा अब्बल छन् । दुबै हात नभए पनि खुट्टैले लेखेर कक्षा १२ सम्म पुगेकी छन् । उनी भगवती दिनानाथ माविमा अध्ययनरत छन् । 

उच्च शिक्षासम्म अध्ययन गरेर आफूजस्तै शारीरिक अशक्तहरुलाई सेवा गर्ने उनको भनाई छ । ‘मजस्तै शारीरिक अशक्तहरुलाई सेवा गर्ने मेरो लक्ष्य छ ।’ उनले थपिन्–‘हामीजस्ता शारीरिक अशक्तहरुका लागि सेवा गरेर नाम कमाउ“ने मेरो उद्देश्य छ ।’ 

उनी ८ वर्षको हु“दा स्कुल भर्ना भएकी हुन् । खुट्टाले बालुवामा अक्षर लेखेको देखेपछि लेख–पढ गर्न सक्ने रहेछ भनेर स्कुल भर्ना गरिदिएको उनकी आमा सुनिता राईले सुनाइन् । ‘छोरी अपाङ्ग भएपछि साह«ै चिन्ता लागेको थियो ।’ सुनिताले भनिन्–‘अब त आश लागेको छ ।’ उनले थपिन्–‘यत्तिको ज्ञानी र पढेपछि केही गर्न सक्छिन् भन्ने आशा जागेको छ ।’ उनी भन्छिन्–‘इच्छा अनुसार पढाउ“न पाए भविष्य राम्रो हुन्थ्यो ।’

आर्थिक अवस्था कमजोर भएकाले उनको पढाई बीचमै टुट्ने हो कि ? भन्ने चिन्ता आमा–बुवाको छ । केही मनकारीहरुले सहयोग गरे पनि उच्च शिक्षासम्मका लागि कसरी पढाउ“ने भन्ने सुर्ता लागिरहेको सुनिताले सुनाइन् । 

उनका अनुसार बेलायती वेयलफेयरले सपनाका लागि एउटा घर समेत बनाई दिएको छ । दुई तले जस्ताले छाएको घर बनाई दिए पनि पढाउ“ने खर्च भने अभाव नै छ । यसबाहेक अन्य मनकारीहरुले केही कापी–कलम र कपडा किनेर सहयोग गरेको स्मरण सुनिताले सुनाइन् ।

उनलाई राज्यले कुनै सुविधा नदिएको सुनिताले बताइन् । ‘१० कक्षासम्म पढिन्जेल पा“च सयका दरले छात्राबृत्ति दियो ।’ सुनिताले भनिन्–‘अहिले केही दिएको छैन ।’ विद्यालयका प्रअ कुमार पराजुलीले भने अध्ययनमा लाग्ने शुल्कहरु छुट दिएको बताए । उनको पढाइ पनि राम्रै भएकाले सहयोग गरे उनको भविष्य राम्रो हुने प्रअ पराजुलीले बताए । 

सहयोगको सन्दर्भमा सम्झना भन्छिन्–‘आजसम्म मलाई सहयोग गर्नु हुने सबैलाई धेरै–धेरै धन्यवाद ।’ उनी थप्छिन्–‘तपाईहरुले मलाई गरेको सहयोगको गुण मैले सेवा गरेर तिर्न सकौं ।’ सम्झनाको सपना पूरा होस् हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित