नमस्ते खोटाङ संवाददाता–
ओखलढुङ्गा, चैत ३०-मानेभन्ज्याङ गाउ“पालिका–६ भडारेखोलामा चैत ३० गते भएको जिप दुर्घटनामा तीन जनाको ज्यान गएको छ । सोलुखुम्बुको जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार भूपेन्द्र कार्की, प्रहरी जवान मानिक राजबङशी र जवान रुपक विष्टको मृत्यु भएको हो ।
उनीहरुमध्ये कार्की र राजबङ्शी घटनास्थलमै र विष्टको उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ६ जना घाइते छन् । प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक धनराज खतिवडा, प्रहरी नायब निरीक्षक नवराज दाहाल, हवल्दारद्वय विशाल श्रेष्ठ र भूपेन्द्र खनाल र सवारी चालक लिलाप्रसाद खनाल घाइते छन् ।
बा १७ च १०९४ नम्बरको जिप सोलुखुम्बु जिल्ला प्रहरी कार्यालयबाट हात हतियार लिएर प्रदेश–१ स्थित प्रदेश प्रहरी कार्यालय विराटनगर हिडेका उनीहरु भडारेमा जिप दुर्घटनामा परेका हुन् । जिप सडकभन्दा करिब सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ६ जनालाई उदयपुरको घुर्मीस्थित जनसेवा अस्पताल र आस्था अस्पतालमा प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सविना अछामे–खोटाङ, साउन १८–दिक्तेल रूपाकोट मझ�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन १०–केपिला�... ... ...
सविना अछामे–खोटाङ, साउन ५–खोटाङमा ८३.२३ प्रतिश... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, साउन २–जिल्ला प�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, असार ३२–दिक्ते�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित