भोजपुरको कुन पालिकामा कति मतदाता ?

  • प्रकाशित मितिः चैत्र २९, २०७८
  • 475 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २९–आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भोजपुरमा एक लाख २५ हजार नौ सय २५ जनाले मतदान गर्न पाउ“ने भएका छन् । उक्त जिल्लामा ६० हजार सात सय चार महिला र ६५ हजार दुई सय २१ पुरुषले मतदान गर्ने भएका हुन् ।
भोजपुर नगरपालिकामा नौ हजार छ सय १९ महिला र नौ हजार आठ सय ७० पुरुष गरी १९ हजार चार सय ९०, षडानन्द नगरपालिकामा दश हजार तीन सय तीन महिला र ११ हजार चार सय ९४ पुरुष गरी २१ हजार सात सय ९७ मतदाताले मताधिकार प्रयोग गर्न पाउ“ने भएका छन् ।
त्यस्तै अरुण गाउ“पालिकामा छ हजार एक सय ८० महिला र छ हजार छ सय ५६ पुरुष गरी १२ हजार आठ सय ३६, आमचोक गाउ“पालिकामा पा“च हजार नौ सय १६ महिला र छ हजार छ सय ३८ पुरुष गरी १२ हजार पा“च सय ५४, टेम्के मैयु गाउ“पालिकामा छ हजार चार सय ७९ महिला र सात हजार एक सय ३९ पुरुष गरी १३ हजार छ सय १८ मतदाताले मतदान गर्न पाउ“ने भएका छन् ।
त्यसैगरी पौवादुङ्मा गाउ“पालिकामा पा“च हजार दुई सय २५ महिला र पा“च हजार पा“च सय पुरुष गरी दश हजार सात सय २५, रामप्रसाद राई गाउ“पालिकामा पा“च हजार सात सय ५० महिला र छ हजार दुई सय २२ पुरुष गरी ११ हजार नौ सय ७२, सालपा सिलिचो गाउ“पालिकामा चार हजार एक सय ३० महिला र चार हजार छ सय २४ पुरुष गरी आठ हजार सात सय ५४ र हतुवागुढी गाउ“पालिकामा सात हजार एक सय दुई महिला र सात हजार ७८ पुरुष गरी १४ हजार एक सय ८० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
कुन पालिकामा कति मतदान स्थल र केन्द्र ?
भोजपुर नगरपालिकामा १२ मतदानस्थल र २५ मतदान केन्द्र, षडानन्द नगरपालिकामा १४ मतदानस्थल र २८ मतदान केन्द्र, अरुण गाउ“पालिकामा आठ मतदानस्थल र १६ मतदान केन्द्र, आमचोक गाउ“पालिकामा ११ मतदानस्थल र १७ मतदान केन्द्र, टेम्के मैयु गाउ“पालिकामा ११ मतदानस्थल र १७ मतदान केन्द्र निर्धारण गरिएको छ ।
त्यस्तै पौवादुङ्मा गाउ“पालिकामा छ मतदानस्थल र १२ मतदान केन्द्र, रामप्रसाद राई गाउ“पालिकामा दश मतदानस्थल र १६ मतदान केन्द्र, सालपा सिलिचो गाउ“पालिकामा छ मतदानस्थल र १२ मतदान केन्द्र र हतुवागढी गाउ“पालिकामा नौ मतदानस्थल र १७ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित