नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २९–जिल्लाका १५ महिनादेखि १५ वर्ष मुनिकालाई टाइफाइड विरुद्धको खोप सुरु गरिएको छ । चैत २९ गते जिल्लाका सात सय ११ खोप केन्द्रमा खोप दिन सुरु गरिएको हो । खोप बैशाख ४ गतेसम्म सञ्चालन गरिने छ ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देलका अनुसार ५२ हजार आठ सय ४० जनालाई खोप लगाइने छ । १५ महिनादेखि २३ महिनासम्मका दुई हजार नौ ७८ जना, ५ वर्षदेखि १५ वर्षसम्मका विद्यालयमा रहेका ४३ हजार पा“च सय ५१ जना, २ वर्षदेखि ४ वर्ष तथा विद्यालय बाहिर रहेका छ हजार तीन सय जना बालबालिकालाई खोप दिइने सिग्देलले बताए ।
जिल्लाका सात सय ११ खोप केन्द्र निर्धारण गरी एक हजार चार सय ४२ स्वयंसेवक र सात सय २७ खोप कार्यकर्ता परिचालन गरिएको छ । यो खोप लगाएपछि सुई लगाएको ठाउ“मा रातो हुने, सुनिने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्ने लगायतका असर देखा पर्न सक्ने स्वास्थयकर्मी भए पनि त्यसबारे स्वास्थ्यकर्मीले समस्या समाधान गर्ने सिग्देलको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १७–साकेला ग�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ १५–दिक्तेल �... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, जेठ ९–बालिकाला�... ... ...
दिनेश राई–खोटेहाङ, जेठ ८–खोटेहाङ गाउँपालिकाल�... ... ...
ममता राई–खोटाङ, जेठ ८–खोटेहाङ गाउँपालिका–५ च... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2023 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित