नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २५–ऐसेलुखर्क गाउ“पालिकाको सभा हल सम्पन्नपछि हस्तान्तरण गरिएको छ । ४७ लाख ७६ हजार आठ सय ८ रुपैया“को लागतमा सम्पन्न गरी चैत २५ गते हस्तान्तरण गरिएको हो ।
उक्त कामको ठेक्का समिका निर्माण सेवा सुनसरीले लिएको हो । ७६ लाख ८२ हजार नौ सय ८२ रुपैया“को टेण्डर आह्वान गरिए पनि ४७ लाख ७६ हजार आठ सय ८ रुपैया“को ठेक्का लागेको गाउ“पालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । उनका अनुसार चैत महिनाभर निर्माण अवधि भए पनि एक महिनाअघिनै सकेर निर्माण कम्पनीका प्रोप्राइटर भक्त पुरीले बुझाएका हुन् । एक सय जना क्षमताको दर्शकदीर्घा, पचास जना क्षमताको मञ्च, दुई वटा स्टोर रुम, आधुनिक सौचालय, तीन वटा धारा लगायतको संरचना भएको सभा हल निर्माण भएको अध्यक्ष निरौलाले सुनाए ।
तस्बिर सौजन्य : ऐसेलुखर्क गाउपालिका
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित