ऐसेलुखर्क गाउ“पालिकाका जनप्रतिनिधिले गाडी र मोटरसाइकल जिम्मा लगाए

  • प्रकाशित मितिः चैत २५, २०७८
  • 1250 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २५–सार्वजनिक पदधारण गर्ने धेरैलाई सुविधा त्याग्न हम्मे पर्छ । तर ऐसेलुखर्क गाउ“पालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षले भने आफूले चढ्ने गाडी प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएका छन् । गाउ“पालिका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेल गाडी तथा वडा नं ३ का वडाअध्यक्ष राजेश राजभण्डारीले मोटरसाइकल चैत २५ गते आयोजित विशेष गाउ“सभामा प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवलाई चाबी बुझाएका हुन् । अध्यक्ष निरौलाले बा २ झ ३४९६ नम्बरको स्कारपियो र उपाध्यक्ष भुजेलले बा २ झ ४३९४ नम्बरको बुलेरो जीपको चाबी तथा वडाअध्यक्ष राजभण्डारीले स १ ब १५१३ नम्बरको मोटरसाइकल बुझाएका हुन् ।

chabi1

तस्बिर सौजन्य : ऐसेलुखर्क गाउपालिका

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित