१०८७ म्यादी प्रहरी छानिए

  • प्रकाशित मितिः चैत्र 25, 2078
  • 160 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, चैत २५–आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि खोटाङमा एक हजार ८७ जना म्यादी प्रहरी छनौट भएका छन् । यसमध्ये पुरुष आठ सय ९६ र महिला एक सय ९१ जना छनौट भएका हुन् । दुई सय १७ जना (छनौट भएकालाई आधार मानेर २० प्रतिशत) बैकल्पिकमा छानिएका छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहका अनुसार दुई हजार दुई सय ९४ जनाले आवेदन दिएका थिए । छनौट भएकाहरुलाई चिसापानी, खोटाङबजार, हलेसी र ऐसेलुखर्कस्थित इलाका प्रहरी कार्यालयमा पठाइने साहले बताए । उनीहरुलाई चैत २७ गते पठाइने साहले सुनाए ।

प्रतिक्रिया दिनुहोस


सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2022 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित