मुन्दुम पदमार्ग निर्माण अलपत्र

  • प्रकाशित मितिः चैत्र २४, २०७८
  • 689 पटक पढिएको
  • संवादताता

नमस्ते खोटाङ संवाददाता–
खोटाङ, चैत २४–सरकारको सय गन्तव्यको सूचीमा रहेको मुन्दु्म ट्रेल निर्माण अलपत्र परेको छ । स्वीस सरकार, प्रदेश नं १ सरकार र स्थानीय सरकारको त्रीपक्षीय परियोजनाको बजेट तथा कार्यक्रम बेलामा स्वीकृत नहुदा अलपत्र परेको हो ।
त्रीपक्षीय रुपमा निर्माणाधीन परियोजनाको बजेट तथा कार्यक्रम मन्त्री परिषदबाट बेलामा स्वीकृत नहुदा समस्या आएको हो । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बु जिल्लालाई आधार बनाएर करिब ८८ किलोमिटर लामो मुन्दुम ट्रेलमध्ये करिब ६२ किलोमिटर मात्र सकिएको छ । यसमध्ये खोटाङको केपिलासगढी गाउ“पालिका, भोजपुरको टेम्कै मैयु गाउ“पालिका र सालला सिलिचुङ गाउ“पालिकामा काम अपूरै छ । उक्त पदमार्गका लागि यो वर्ष ५० लाख बजेट विनियोजन गरेको पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले बताइन् । ‘यो वर्ष ५० लाख छुट्टयाइएको थियो ।’ लिम्बुले भनिन्–‘तर अहिलेसम्म खर्च भएको छैन ।’
भोजपुरको सालपा सिलिचो गाउ“पालिका अध्यक्ष ध्रुब राईले भने यो वर्ष स्वीस सरकारले बजेट तथा कार्यक्रम नराखेको तथा प्रदेश सरकार र स्थानीय सरकारले मात्र सम्भव नहुने भएकाले आफ्नो पालिकाले पनि बजेट नराखेकाले काम नभएको बताए । ‘यो वर्ष स्वीस सरकारले बजेट तथा कार्यक्रम नराखेको र प्रदेश तथा स्थानीय सरकारले मात्र सम्भव छैन ।’ अध्यक्ष राईले भने–‘त्यसैले हाम्रो गाउ“पालिकाले पनि बजेट नराखेपछि काम नभएको हो ।’
खोटाङको केपिलासगढी गाउ“पालिकामा पनि यो वर्ष काम हुन भएको छैन । अघिल्लो वर्ष केही काम भएको छ । उक्त पालिकामा पर्ने १४ किलोमिटरमध्ये १५ प्रतिशत मात्र सकिएको केपिलासगढी गाउ“पालिका अध्यक्ष कृष्णकुमार राईले बताए । ‘दुई करोडको लगानीमा सकिनु पर्ने काम त्यसको १५ प्रतिशत मात्र खर्च भएको छ’ अध्यक्ष राईले भने । 
भोजपुरको टेम्कै मैयु गाउ“पालिकाको ३१ किलोमिटर पदमार्ग बनाउ“नु पर्नेमा करिब १९ किलोमिटर मात्र बनेको छ । यो पदमार्ग खण्डका लागि विनियोजित तीन करोड ५० लाखमध्ये तीन करोड ३३ लाख रुपैया“ खर्च भएको छ । भोजपुरकै सालपा सिलिचुङ गाउ“पालिकामा पनि पदमार्ग निर्माणको काम अपूरै छ । उक्त गाउ“पालिकामा पर्ने १२ किलोमिटरमध्ये ८ किलोमिटर पदमार्गको काम सकिएको छ । यसका लागि विनियोजन भएको दुई करोड ८१ लाखमध्ये दुई करोड दुई लाख खर्च भएको छ । 
खोटाङको साकेला गाउ“पालिकामा पर्ने साडे दश किलोमिटर पदमार्ग सकिएको छ । यसका लागि एक करोड १४ लाख रुपैया“ खर्च भएको छ । भोजपुरको भोजपुर नगरपालिकामा साडे १२ किलोमिटर पदमार्ग बनेको छ । यसका लागि विनियोजित एक करोड २० लाखमध्ये एक करोड १८ लाख रुपैया“ खर्च भएको साकेला गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खडकाले बताए । 
यो परियोजना स्वीस सरकारको ३५ प्रतिशत, प्रदेश सरकारको ३५ र स्थानीय सरकारको ३० प्रतिशत लगानीमा निर्माण भएको हो । यसमध्ये अहिलेसम्म करिब १३ करोड ५५ लाख ६१ हजार खर्च भएको छ । यसमा प्रदेशको चार करोड, स्वीसको छ करोड नौ लाख ७६ हजार, र विभिन्न स्थानीय सरकारको तीन करोड ४५ लाख ८४ हजार खर्च भएको छ । यसमध्ये स्वीसको ४५, प्रदेशको ३० र सथानीय सरकारको २५ प्रतिशत खर्च भएको छ । 
परियोजनाको सुरुमा ११ करोड ४२ लाख ८४ हजारको बजेट तथा कार्यक्रम तय गरिए पनि स्वीसले दुई करोड थपेर खर्च गरेको हो । तीन पक्षको बजेट तथा कार्यक्रम बाहेक काममा स्वीस सरकारले खर्च गरेको हो । उसले भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्के मैयु र साकेला गाउ“पालिकामा खर्च गरेको थियो । उक्त पालिकाहरुमा पर्ने मुन्दुम ट्रेलमा चौतारा, खानेपानी, संकेत बोर्डहरु, लगायतमा स्वीसले खर्च गरेको हो । यो परियोजनामा ११ सय १२ जनाले ६५ हजार चार सय ५६ श्रमदिन काम गरेको थिए । 
उक्त पदमार्गमा पर्खाका लागि तार जाली बाहेक अन्य सबै स्थानीय सामग्री प्रयोग गरिएको साकेला गाउ“पालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए । ‘सबै काम मेनुअल्ली गरिएको छ ।’ खड्काले भने–‘पर्खालका लागि थोरै तार–जाली बाहेक अरु सबै स्थानीय सामग्री प्रयोग गरिएको छ ।×’
यो पदमार्ग निर्माणपछि मुन्दुम पदमार्गको विकासले खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बु जिल्लाका समुदायको जीवनस्तर उठ्ने प्रदेशसभा सदस्य रामकुमार राईले बताए । ‘माझ किरातका समुदायको भविष्य निर्माणका लागि मुन्दुम पदमार्गको अवधारण बढाइएको हो ।’ राईले भने–‘यसैलाई मध्यनजरमा राखेर महत्वपूर्ण एक सय गन्तव्यको सूचीमा पनि राखिएको हो ।’
सगरमाथा (चोमालुङ) चुचुरोमा पहिलो पाइला टेकेका तेञ्जिङ नोर्गे सेर्पा र एडमण्ड हिलारीले २०१० सालमा यही पदमार्गको एउटा अंशको रुट भएकाले यसैलाई  मुन्दुम पदमार्गको रुपमा विकास गरिएको मैयु टेम्के सालपा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेशकुमार राईले बताए । मुन्दुम पदमार्गमा पर्यटनका नया“ आयामहरु समेत थपिएको राईको भनाई छ । उनका अनुसार गोठस्टे विकासका लागि अन्तरक्रिया सुरु गरिएको छ । गोठस्टे विकासका लागि दुर्गाधन राईको अध्यक्षतामा मुन्दुम गोठस्टे समिति समेत गठन भएको छ ।
यो ‘मुन्दुम् पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से, च्रोयु लगायतका आठ हजार मिटर अग्ला छ वटा हिमाल देख्न सकिन्छ । यसबाहेक ४५ वटा हिमश्रृङ्खला देख्न सकिन्छ । नेपालको अन्य कुनै ट्रेकिङ रुटबाट देखिदैन यस्तो दृष्य नदेखिने अध्यक्ष राईले बताए ।  यसका साथै तराईका भू–भागहरु समेत अवलोकन गर्न सकिने भएकाले पदयात्रीको रोजाई बनेको राईले बताए । ‘मुन्दुम पदमार्गबाट सगरमाथा, कन्चन्जङ्गा, मकालु, ल्होत्से, च्रोयु लगायतका आठ वटा अग्ला हिमालदेखि अन्य विभिन्न ४५ वटा हिमश्रृङ्खला देख्न सकिन्छ ।’ राईले भने–‘त्यति मात्र होइन, प्राकृतिक सम्पदाले भरिपूर्ण पदमार्गको यात्राले छुट्टै आनन्द दिन्छ ।’
यो पदमार्ग विभिन्न किराती समुदायको बसोबास गर्ने ठाउ“हरुमा भएकाले विभिन्न किराती संस्कृति, संस्कार र जीवनशैली बुझ्न सकिने भएकाले मुन्धुम टे«ल नाम राखिएको राईको भनाई छ । उक्त पदमार्गमा ठूला घा“से मैदान, फराकिला चौरीखर्क तथा भेडीगोठको बीचबाट डा“डाहरुको शीर छिचोल्दै विभिन्न प्रजातिका गुरा“स, विविन्न जडीबुटीहरु तथा घना जङ्गलहरु अवलोकन गर्न पाइने छ । यो यात्रामा मैयुङको हा“सपोखरी क्षेत्रमा पाइने विभिन्न प्रजातिका चराचुरुङ्गी, लोपोन्मुख रेडपाण्डा, लोपोन्मुख भीर माहुरी, लोपोन्मुख सालक, लोपोन्मुख कालोभालु लगायतका विभिन्न जङ्गली जनावरहरुसंग लुकामारी खेल्न पाइन्छ ।
मुन्दुम पदयात्रामा किराती स्वादको परिकार अर्को विशेषेता हो । फापर, कोदा तथा गहु“को रोटी, ढिडो, मकैको ठेप्ला, सिस्नुको तरकारी, जौको सातु, मकै–भटमास, कोदोको तीनपाने रक्सी, मांसहारीका लागि विभिन्न चौपायाको सुकुटी लगायतका परिकार पाइन्छन् । यसबाहेक कालिज तथा रैथाने कुखुराको मासु पनि अर्को तिख्खरीलो स्वाद लिन सकिन्छ । यसका साथै चौरीको दूध, घिउ पनि अर्को अनुपम खान्की पाइन्छ । त्यस्तै जटिबुटीयुक्त भीरमाहुरीको मह अर्को दुर्लभ स्वाद् पाइने राई सुनाए । 

 

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित