सविना अछामे–
खोटाङ, चैत २४–राष्ट्रिय भूमि आयोग खोटाङको कार्यालय स्थापना गरिएको छ । चैत १७ मन्त्री परिषदको बैठकले राष्ट्रिय भूमि आयोग खोटाङको अध्यक्षमा सुरेश राईलाई नियुक्त गरेपछि चैत २३ गते कार्यालय स्थापना र पदभार समेत ग्रहण गरेका छन् ।
संविधानसभा सदस्य समिता कार्की(अस्मिता)ले आयोगको कार्यालय उद्घाटन गरेकी हुन् । उक्त कार्यालय जिल्ला समन्वय समितिको कार्यालय खोटाङमा रहने छ । कार्यालय स्थापनासंगै राष्ट्रिय भूमि आयोग जिल्ला समितका नवनियुक्त राईले पदभार ग्रहण समेत गरेका हुन् । जिल्लाका भुमिहीन दलित र भूमिहीन सुकुम्बासी लगायतलाई आवासको व्यवस्था गर्ने छ । प्रतिपरिवार तीन सय ४० वर्गमिटर र कृषिका लागि तीन हजार वर्गमिटर जग्गा व्यवस्था गर्नु पर्ने प्रावधान छ ।
अव्यवस्थित बसोबासीलाई आवासका लागि प्रतिपरिवार १ हजार वर्गमिटर र कृषि प्रयोजनका लागि १० हजार वर्गमिटर जग्गा उपलव्ध गराउने छ । भूमिहीन कोही पनि नहुन् भन्ने लक्ष्यका साथ भूमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलव्ध गराउन सुरुमा जिल्लाका स्थानीय तहले राष्ट्रिय भूमि आयोगसंग सम्झौता गर्ने र त्यसपछि निवेदन फारम भर्नका लागि ३५ दिने सुचना जारी गर्ने अध्यक्ष राईले बताए ।
निवेदन फारमलाई वडा तथा सम्वन्धित गाउ“पालिका वा नगरपालिकाले प्रमाणीकरण गरेर भूमि आयोग जिल्ला समितिलाई उपलव्ध गराउने आयोगले जनाएको छ । त्यसका लागि समितिले अनुसन्धान गरेर यकिन डाटा तयार पारेर नापजा“च गर्ने र त्यसपछि बनेको नक्सा आयोगबाट स्वीकृत भएपछि नापीबाट नक्सा तथा मालपोतबाट पूर्जा प्रमाणित गरिन्छ । त्यसपछि स्थानीय तहमार्फत पूर्जा वितरण गरिने प्रावधान छ ।
कार्यक्रम जिल्ला समन्वय प्रमुख बबि चाम्लिङ, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी उपाध्यक्ष देवान किराती, कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, नेकपा माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डे, जनता समाजवादी खोटाङका अध्यक्ष टंक थापा, नेकपा एकीकृत समाजवादी खोटाङका अध्यक्ष जलसेर राई र सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित