खानेपानी, सिचाइ तथा उर्जा मन्त्रीले पार्टी प्रवेश गराए

  • प्रकाशित मितिः चैत्र २२, २०७८
  • 863 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, चैत २२–प्रदेश नं १ खानेपानी सिंचाई तथा उर्जा मन्त्री तथा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य रामकुमार राईले अन्य पार्टीका दश जना नेकपा माओवादी केन्द्रमा प्रवेश गराएका छन् । दिप्रुङ चुइचुम्मा गाउ“पालिकामा चैत २२ गते आयोजित नेकपा माओवादी केन्द्रको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एमालेको आठ र कांग्रेसको दुई गरी दश जना पार्टी प्रवेश गराएका हुन् ।
mao

कार्यक्रममा नेकपा माओवादी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य समिता कार्की, नेकपा माओवदी केन्द्र जिल्ला समन्वय समितिका संयोजक दिपक पाण्डे लगायतको उपस्थितिमा प्रवेश गराएको अरुण चाम्लिङले बताए ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित