सविना अछामे–
खोटाङ, चैत २२–चैत २९ देखि बैशाख ४ गतेसम्म टाइफाइड रोग विरुद्घको खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षमुनिकालाई खोप लगाइने भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देलका अनुसार ५२ हजार आठ सय ४० जनालाई खोप लगाइने छ । चैत २१ गते अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरी टाइफाइड विरुद्धको खोप अभियान सञ्चालनसम्वन्धी जानकारी गराइएको हो । उक्त अन्तरक्रिया कार्यक्रममा १५ महिनादेखि २३ महिनासम्मका दुई हजार नौ ७८ जना, ५ वर्षदेखि १५ वर्षसम्मका विद्यालयमा रहेका ४३ हजार पा“च सय ५१ जना, २ वर्षदेखि ४ वर्ष तथा विद्यालय बाहिर रहेका छ हजार तीन सय जना बालबालिकालाई खोप दिने तयारी गरिएको जानकारी गराइएको छ ।
यसका लागि जिल्लका सात सय ११ खोप केन्द्र निर्धारण गरिएको छ । खोप अभियानका लागि एक हजार चार सय ४२ स्वयंसेवक र सात सय २७ खोप कार्यकर्ता परिचालित हुने प्रमुख सिग्देलले बताए ।
यो खोप लगाएपछि सुई लगाएको ठाउ“मा रातो हुने, सुनिने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्ने लगायतका असर देखा पर्न सक्ने भए पनि त्यसबारे पनि स्वास्थ्यकर्मीले समस्या समाधान गर्ने प्रमुख सिग्देलले बताए । अन्तरक्रिया कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, पत्रकार लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १८–उभौली�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १७–श्रम स�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १६–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १५–दिक्त�... ... ...
नमस्ते खोटाङ संवाददाता–खोटाङ, बैशाख १४–दिक्त�... ... ...
सन्चार सदन प्रालि, दिक्तेल खोटाङ
सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९
फोन: ०३६-४२०७००
इमेल: [email protected]
Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित