दलित महिलालाई निर्णायक पदमा विजयी गराउ“न माग

  • प्रकाशित मितिः चैत २०, २०७८
  • 980 पटक पढिएको
  • संवादताता

सविना अछामे–
खोटाङ, चैत २०– एक कार्यक्रमका सहभागीहरुले दलित महिलाहरुलाई निर्णायक ठाउ“मा निर्वाचित गराउनु पर्ने बताएका छन् । समता फाउन्डेसनले दिक्तेलको शुभदिन होटलमा आयोजना गरेको स्थानीय तहको निर्वाचनमा दलित समुदायको प्रतिनिधित्वको सवाल विषयक छलफल कार्यक्रममा त्यसो भनेका हुन् ।
नेपाली कांग्रेस जिल्ला सदस्य अनुस्का बस्नेतले दलित महिलाको क्षमता अभिवृद्घि गर्नुपर्ने बताइन् । क्षमताकै अवाभले टिकट लिन नसकेकाले यसप्रति ध्यान दिनुपर्ने बताइन् ।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक दिपक पाण्डेले आफ्नो पार्टी दलित महिलाको अधिकारको पक्षमा रहेको बताए । अघिल्लो स्थानीय निर्वाचनमा केपिलासगढी गाउ“पालिकामा दलित महिलालाई अध्यक्षमा उम्मेद्वार बनाएको स्मरण गराए । त्यस्तै अन्य विभिन्न वडाहरुमा पनि वडाअध्यक्ष लगायत महत्वपूर्ण पदमा उम्मेद्वार बनाएको पाण्डेले बताए ।
आगामी बैशाख ३० गते हुने निर्वाचनमा पनि टिकट दिने विषयमा अत्यन्त गम्भिरताका साथ छलफल गरिरहेको पाण्डेको भनाई थियो । पाण्डेले संघीयता, समावेशी र गणतन्त्रको सम्वाहक पनि नेकपा माओवादी केन्द्र नै भएकाले यसको सही कार्यान्वयनका लागि माओवादी केन्द्र गम्भिर रहेको पाण्डेको भनाई थियो ।
नेकपा एकीकृत समाजवादी पार्टी खोटाङका उपाध्यक्ष झुलेन्द्र विश्वकर्माले संविधानमा उल्लेखित अधिकार कार्यान्वयन गर्नु पर्ने धारणा राखे । दलितलाई भोट किनबेचको रुपमा बुझ्ने गरेकाले अबदेखि त्यस्तो नबुझ्न आग्रह गरे । जनता समाजवादी पार्टीका युवा नेता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाअध्यक्ष निर्मल राईले अधिकार मागेर मात्र नपाइने भएकाले लडेर लिनु पर्ने धारणा राखे ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका वडा सदस्य दीपक परियारले दलित समुदायले टिकट पाउन मुस्किल हुने बताए । जित्ने निश्चित हुदा हुदै पनि टिकट पाउन मुस्किल हुने गरेको परियारले बताए ।
साकेला गाउ“कार्यपालिका सदस्य मिलन चाहार, गैरसरकारी संस्था महासंघ खोटाङका अध्यक्ष दानबहादुर राई, दलित अभियान्ता राम हिङमाङ, पर्शुराम विश्वकर्मा, फडिन्द्र विश्वकर्मा लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा चार वुदे प्रतिबद्धता पत्र समेत जारी गरिएको छ । प्रतिबद्धता पत्रमा संविधानले व्यवस्था गरे बमोजिम समावेसी समानुपातिक प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्न स्थानीय तहको निर्वाचनमा दलित नेतृत्व र दलित समुदायको सहभागितालाई अर्थपूर्ण बनाउ“ने, अघिल्लो निर्वाचनमा निर्वाचित दलित जनप्रतिनिधिहरुको अनुभव र कामको मुल्याङ्कन गर्दै माथिल्लो पदहरुमा पुग्ने वातावरण सिर्जना गर्ने, राजनीतिक दलमा दलित समुदायको उपस्थितिलाई प्रभावकारी बनाउने, दलित जनप्रतिनिधिहरुलाई कुनै प्रकारको रोगतोक नगरी काम गर्ने वातावारण बनाइने, राजनीतिक दलका कार्यकर्ताले जातकै आधारमा विभेद गरेको पाइएमा दलीय तथा कानुनी कारबाही बढाइने लगायतका प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । प्रतिबद्धता पत्रमा दिपक पाण्डे, अनुश्का बस्नेत, निर्मल राई र झुलेन्द्र विश्वकर्माले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१५४/२०७८/७९

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2026 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित