(कविता) त्यो नेता ?

  • प्रकाशित मितिः कार्तिक ७, २०७५
  • 1026 पटक पढिएको
  • संवादताता

केशव कार्की ‘आस्था’–
आयो टप्प टिप्यो, लग्यो क्वाप्प खायो
भनेर जान्दैन त्यो,
बीपीले नै बिन्ती गरुन् झुकेर पाउमा
त्यो बिन्ती मान्दैन त्यो ।
भारी काया बा“धिएको बदेलझै सोलोडोलो
मेलमिलाप जान्दैन त्यो
बीपीले नै करगरी आर्दश मार्ग हिड्न भन्दा
त्यो बिन्ती मान्दैन त्यो ।
दौड्यो शहरदेखि दुर्गम गाउ“मा कुविचारले
सिर्जना जान्दैन त्यो,
बीपीले खनेको मार्ग हिड भन्यो भने
त्यो बिन्ती मान्दैन त्यो ।
बलियाको पाउ हनुमान झै समाती भŒिाm भाबले
निर्धालाई मान्दैन त्यो,
सेवाभाव र समर्पण चाहिन्छ भन्यो भने
त्यो बिन्ती मँन्दैन त्यो ।
लुच्चाई, भ्रष्ट आदत छाडी सच्चरित्रको मार्ग
त्यो हिडन जान्दैन त्यो,
सारा दुनिया“ले बोलोस् सदाचार–सुविचार
त्यो बिन्ती मान्दैन त्यो ।
जाल–सा“ज, किर्ते, कुकर्म कहिले नगर्नु जनले
भनेर मान्दैन त्यो,
बीपीको महान आदर्श सम्झाउ“दा विनयले
त्यो बिन्ती मान्दैन त्यो ।
लोक हितमा पाठ घोकेर कति कति गुरु जनले
त्यो मर्म जान्दैन त्यो,
मरि जाने जिन्दगानी हो, सत्मार्ग हिड भन्दा जनार्दनले
त्यो बिन्ती मान्दैन त्यो ।
निर्माण गरी साना गुटसमूह सागुरो Ôितिजमा
बर्बाद् समय गर्छ त्यो,
आर्दश, एकता,ममताको झुल्के घाम
त्यो बिन्ती मान्दैन त्यो ।
मानवत्व, महाआदर्शको, सेवा र समर्पणको
छेउ–छन्दै जान्दैन त्यो,
भलिभाति सम्झाई सारा निष्ठा भावले
त्यो बिन्ती मान्दैन त्यो ।
छितापोखरी, दिप्रुङ चुइचुम्मा गाउ“पालिका खोटाङ
प्रकाशित मिति २०७५ कात्तिक ७

प्रतिक्रिया दिनुहोस




सन्चार सदन प्रालि, दिक्तेल खोटाङ

फोन: ०३६-४२०७००

इमेल: [email protected]

Copyright © 2024 - नमस्तेखोटांग डट कम - सर्वाधिकार सुरक्षित